У нас вы можете посмотреть бесплатно Jaubari Gorkha Nepal Video II 2015 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालमा रहेका ७५ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यो जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन); उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८ (२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको छ। गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा; मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा; कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु; मनासलु, हिमालचुली जस्ता हिमचुचराहरु; विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्। यस ६० गा.बि.स अन्तर्गत जौबारी पनि एक हो। यो भिडियो विसं २०७२ साल को विनासकारी महा-भूकम्प पछि यसै जौबारी गा.बि.स को सेरो-फेरो मा रहेर यो भिडियो लिएको हो। तपाईहरु लाई मेरो भिडियो कस्तो लग्यो..? यदि भिडियो मनपर्यो भने Like, Comment तथा Share गर्न नभुल्नुहोला। साथै यस्तै अन्य आफ्नै गाउँ-ठाउँ तथा आफ्नो जन्मभूमि नेपाल को रमाईलो भिडियो हेर्न को लागि मेरो च्यानल Subscribe गर्न नभुल्नुहोला।