У нас вы можете посмотреть бесплатно Part 1 राप्ती गाउँपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मौरिघाटमा सुरु или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
राप्ती गाउँपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मौरिघाटमा सुरु दाङ, राप्ती गाउँपालिका–४, मौरिघाट। राप्ती गाउँपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि भव्य रूपमा आरम्भ भएको छ। श्री माध्यमिक विद्यालय मौरिघाटको आयोजनामा तथा राप्ती गाउँपालिकाको सहयोगमा सञ्चालनमा आएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गर्नुभयो। राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगितामा २१ सामुदायिक र १४ संस्थागत गरी ३५ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। छात्र तथा छात्रा दुवै तर्फ छुट्टाछुट्टै रूपमा निम्न खेलहरू समावेश गरिएको छ— भलिबल कबड्डी एथ्लेटिक्स मार्सल–आर्ट हाईजम्प लङजम्प ट्रिपलजम्प ज्याभलिन थ्रो सट–पुट कराँते लगायतका प्रतिस्पर्धा तीन दिने अवधिभर सञ्चालन हुनेछन्। प्रतियोगिता अवधिभर २२ प्रशिक्षक र ८३७ खेलाडीहरूको करिब १ लाख बराबरको बीमा व्यवस्था गरिएको आयोजकको भनाइ छ। यसले खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै खेलकुदप्रति संस्थाको जिम्मेवारीपूर्ण धारणा प्रकट गर्दछ। प्रतिभा पहिचान र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रोत्साहन दिने उदेश्यका साथ आयोजना गरिएको रनिङ शिल्ड कार्तिक २८ देखि ३० गतेसम्म श्री माध्यमिक विद्यालय मौरिघाटको विस्तृत प्राङ्गणमा सञ्चालन हुनेछ। उद्घाटनसँगै प्रारम्भिक चरणका केही प्रतिस्पर्धाहरू पनि सम्पन्न भएका छन्। पहिलो दिनमै दौड, भलिबल र कबड्डीका प्रारम्भिक खेलहरू खेलेका छन्, जसले प्रतियोगिताको वातावरण झनै उत्साहपूर्ण बनाएको आयोजकको भनाइ छ। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने आधार तयार हुने अपेक्षा आयोजकले व्यक्त गरेको छ। #Rupandehi #RaptiGaunpalika #RunningShield #RashtrapatiRunningShield #SportsNepal #DangNews #RaptiSports #SchoolSports #Volleyball #Kabaddi #Athletics #Karate #Maorigadh #DangUpdates #StudentSports #NepalSports #CommunitySchools #InstitutionalSchools #YouthSports #SportsEvent