У нас вы можете посмотреть бесплатно Ep 624 Kashinath Neupane भेटियो महाभारतका पात्र र चिरञ्जीवी मध्ये एक वेद व्यासको प्रमाणिक जन्मस्थान или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
कृष्ण द्वैपायन वेद व्यास को जन्म ( अवतरण ) नेपालको दमौली मा भएको कुरा धेरै नेपाली लाई अझै पनि थाहा छैन । जसरी भगवान् कृष्णको जन्म ( अवतरण ) ले वृन्दावन, श्री राम को जन्म ( अवतरण ) ले अयोध्या को महत्त्व भएर विश्व प्रसिद्ध धाम बने जस्तै उनै भगवान् नारायणका अवतार र चिरञ्जीवीहरू मध्ये एक कृष्ण द्वैपायन वेद व्यास को अवतरण भएको दिव्य धाम दमौली को बारेमा हामी धेरै लाई थाहा नहुनु र दमौली वासीहरूमा पनि दमौली लाई धामको रूपमा विकास गर्ने जमर्को अझै नहुनु दुःखको कुरा हो । आफ्नो एकल अध्ययन र खोज गरेर दमौली लाई विश्व सामु चिनाउन अनवरत लागि रहनु भएका वेद व्यासका अध्येता काशीनाथ न्यौपाने गुरु को अनुसन्धानका लागि नेपालले वहाँलाई जति नै पुरस्कार दिए पनि पुग्दैन । वेद व्यास पराशर धाम र विश्वविद्यालय र संस्कृत अध्ययनको मूल थालो बनाइनु पर्ने र भागवत पढ्ने असली वृन्दावन दमौली लाई बनाइनु पर्ने कुरा हामी सबैले मनन गर्न सके कति राम्रो हुने थियो होला । सम्बन्धित सबैमा यो कुरा पुगोस् र यस तर्फ हाम्रो सकारात्मक भूमिका होस् । यो दिव्य ज्ञान हामी मार्फत जनसमक्ष प्रस्तुत गरिदिनु भएकोमा काशीनाथ गुरु र दमौलीको गरिमा उठाउन हर तरहले सकारात्मक रूपमा योगदान दिने तुलसी राम सापकोटा, पार्वती सापकोटा, कृष्ण कान्त काफ्ले , विशाल गिरी, हरि सोडारी, चैतन्य कृष्ण ज्यू प्रति पनि हार्दिक नमन । श्री राधे श्याम ।