У нас вы можете посмотреть бесплатно पर्वतको जलजला गाउँपालिकामा रहेका महत्त्वपूर्ण स्थलहरूको संक्षिप्त जानकारी।। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#LaltinTv #Jaljala #Parbat 👍👍👍 Follow Laltin TV👍👍👍 ऐतिहासिक तथा पौराणिक महत्त्वको कालञ्जर हम्पाल पर्वतको उच्च शिखर र प्रसिद्ध कृष्णा गण्डकीको तटसम्म विस्तारित यस पर्वत जिल्लाको जलजला गाउँपालिका पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यो गाउँपालिका पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्त्वपूर्ण र सुन्दर गाउँपालिका हो । नेपालको संविधान २०७२ मा व्यवस्था गरिए बमोजिम विक्रम संवत् २०७३ मा गरिएको स्थानीय निकायको पुर्न संरचना अनुसार पर्वत जिल्लाका साबिकमा कायम रहेका सात वटा गाविसहरू बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, नाङ्लिवाङ र बनौँलाई समावेश गरी नौ वटा वडा रहेको जलजला गाउँपालिकाको गठन गरिएको छ । हालको मोदी र जलजला गाउँपालिकाको उत्तरी खण्डमा फैलिएर रहेको पौराणिक र ऐतिहासिक महत्त्व बोकेको कालञ्जर हम्पाल पर्वतको काखमा अवस्थित प्रसिद्ध सिमसार क्षेत्र जलजला भन्ने स्थानको नामबाट यस गाउँपालिकाको नाम ‘जलजला’ रहन गएको मानिन्छ । भौगोलिक रूपमा कालीगण्डकीको किनार (७६० मिटर) देखि कालञ्जर हम्पाल पर्वतको उच्च शिखर (३००० मिटर) सम्म यस गाउँपालिका फैलिएर रहेको छ । 👉 Facebook: / laltin-10049. . 👉 Twitter: https://twitter.com/home 👉 Instagram: / laltin_77 👉 Website: http://elaltin.com 👉अफिसियल फोनः ०६७_४२२२०२ 👉अफिसियल ईमेलः elaltin77@gmail.com