• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे Shinzo abe murdered 2022 July 8 скачать в хорошем качестве

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे Shinzo abe murdered 2022 July 8 3 года назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे  Shinzo abe murdered 2022 July 8
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे Shinzo abe murdered 2022 July 8 в качестве 4k

У нас вы можете посмотреть бесплатно जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे Shinzo abe murdered 2022 July 8 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे Shinzo abe murdered 2022 July 8 в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे को हत्या / को हुन् आबे Shinzo abe murdered 2022 July 8

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे ( Shinzo abe ) माथि भएको घातक हमलापछि २०२२ जुलाई ८ मा उनको मृत्यु भएको छ । जापानको सरकारी मिडिया एनएचकेले निधनको पुष्टि गरेको छ . यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए । किशिदाले भनेका थिए, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गरिरहेको छु । म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन ।’ आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो। पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उनको गर्दनमा लाग्यो। को हुन् आबे शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका उनले आफू पेटको रोगबाट पीडित भएको बताए। 'द प्रिन्स' अर्थात् 'राजकुमार' उपनाम पाएका शिन्जो आबे राजनीतिक विरासत बोकेको परिवारका सदस्य हुन्। उनका पिता शिनतारो आबे पूर्वपरराष्ट्रमन्त्री थिए र हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए। आबे सबैभन्दा पहिला सन् १९९३ मा सांसद निर्वाचित भएका थिए र सन् २००५ मा उनी मन्त्रिपरिषद्मा सहभागी गराइएका थिए। त्यस बेला प्रधानमन्त्री जुनिचिरो कोइजुमीले मन्त्रिपरिषद्को प्रमुख सचिवको शक्तिशाली पदमा उनलाई नियुक्त गरेका थिए। सन् २००६ मा उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने . तर पाँच करोड जना प्रभावित हुनेगरी निवृत्तिभरणको अभिलेख हराउनुसहित अनेकौँ विवादले उनको सत्तामाथि प्रश्न उठेको थियो। सन् २००७ को जुलाईमा उनको दल लिबरल डेमोक्र्याटिक पार्टीले माथिल्लो सदनमा ठूलो पराजय भोग्न पुग्यो। त्यही वर्षको सेप्टेम्बरमा उनले 'अल्सरेटिभ कोलाइटिस' नामक स्वास्थ्य समस्या देखिएको भन्दै राजीनामा दिने निर्णय गरे। सन् २०१२ मा आफूले औषधिका माध्यमबाट रोगलाई पराजित गरेको भन्दै उनी फेरि सत्तामा फर्किए। सन् २०१४ र २०१७ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनी जापानमा सबैभन्दा बढी शासन गर्ने प्रधानमन्त्री बन्न पुगे। उनको लोकप्रियता तलमाथि भइरहेपनि दलभित्रको आफ्नो प्रभावका कारणले उनले प्रधानमन्त्रीका रूपमा खासै चुनौती भोग्नुपरेन। उनको दलले नियम संशोधन गरेर उनलाई तेस्रो कार्यकाल पनि पार्टीको नेता बन्न बाटो खोलिदिएको थियो। आबे रक्षा र परराष्ट्र मामिलासम्बन्धी आफ्ना कट्टर नीतिहरूका कारण चर्चित थिए। उनले लामो समयदेखि युद्धपछिको जापानले परिकल्पना गरेको शान्तिप्रिय संविधानलाई संशोधन गर्ने प्रयास गरेका थिए। उनको राष्ट्रवादी धारणाका कारण बारम्बार चीन र दक्षिण कोरियासँग तनाव उत्पन्न भएको थियो। दोस्रो विश्वयुद्धअघि र युद्धको समयको जापानी सैन्यवादसँग सम्बन्ध भएको टोक्योस्थित यासुकुने स्मारकमा उनले सन् २०१३ मा भ्रमण गरेका थिए। सन् २०१५ मा उनी सामूहिक प्रतिरक्षाको अधिकारको पक्षमा उभिएका थिए। त्यसले आफ्नो र आक्रमणमा परेका आफ्ना साझेदारहरूको प्रतिरक्षाका लागि जापानी सेनालाई खटाउने बाटो खोलिदिएको थियो। जापानका छिमेकीहरू र देशभित्रकै नागरिकहरूको विरोधका माझ जापानको संसद्ले उक्त विवादास्पद परिवर्तन स्वीकार गरेको थियो। जापानको सेनालाई औपचारिक रूपमा मान्यता दिनेगरी संविधानमा परिवर्तन गर्ने उनको बृहत् लक्ष्य पूरा हुन सकेन। अहिले पनि यो जापानमा विवादित विषय मानिन्छ। कोभिड र अर्थतन्त्र मौद्रिक सहजीकरण, वित्तीय उत्थान र संरचनागत सुधारमा आधारित उनको आर्थिक नीति "आबेनोमिक्स" का नामले चिनिन्छ। यी कदमहरूले उनको पहिलो कार्यकालमा आर्थिक वृद्धि निम्त्यायो तर दोस्रो कार्यकालमा देखिएका सुस्तताले आबेनोमिक्सको प्रभावकारिताबारे प्रश्न उठ्यो। सन् २०२० को वसन्तयाममा जापानमा सन् २०१५ यता पहिलो पटक आर्थिक मन्दी देखा परेपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उनको प्रयासले पनि चुनौतीको सामना गरेको थियो। कोरोनाभाइरस महामारीको व्यवस्थापनलाई लिएर उनका चालेका कदमहरूले पनि उनको लोकप्रियतालाई अझ कमजोर बनाएका थिए। सरकारले वितरण गरेको कपडाको मास्कको नाम 'आबेनोमास्क' राखिए पनि ती एकदमै साना भएको र ढिलो वितरण गरिएको भनी आलोचना भएको थियो। घरेलु पर्यटन प्रवर्धनका लागि सरकारले अघि बढाएको अभियानले महामारी पुनः फैलाउन भूमिका खेलेको भन्दै चिन्ता जनाइएका थिए। आबेको स्वास्थ्यबारे सन् २०२० को अगस्टको सुरुबाट नै विभिन्न किसिमका चर्चा हुन थालेको थियो। त्यस बेला फ्ल्याश नामक एउटा म्यागजीनले जुलाई महिनामा उनले कार्यालयभित्रै रगत बान्ता गरेका विवरण छापेको थियो। सुरुमा मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगाले त्यसलाई अस्वीकार पनि गरे। तर आबे अगस्टमा टोक्योको एउटा अस्पतालमा गएपछि आशङ्काहरू बढ्दै गए। उनले अगस्ट २८ मा राजीनामा दिने घोषणा गरेपछि हल्ला मत्थर भयो। तर उनको दलभित्र गुटगत राजनीति निम्तियो। उनले आफ्नो उत्तराधिकारीको नाम दिन अस्वीकार गरेका थिए। अन्ततः एक अनुभवी राजनीतिज्ञ र लामो समय मन्त्रिपरिषद् सदस्य रहेका योशिहिदे सुगा आबेको उत्तराधिकारी बन्न सफल भएका थिए। #shinzoabe #bisheshgyan

Comments

Контактный email для правообладателей: [email protected] © 2017 - 2025

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5