У нас вы можете посмотреть бесплатно येशुको मण्डलीलाई येशुको पत्र- Part 3 :The Letter to the Church of Pergamos- Pastor Prakash Timsina или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
अनि पर्गाममका मण्डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्दछ, मलाई थाहा छ, तिमी कहाँ बस्छौ, त्यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्थिर बस्छौ। मेरो विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि ममाथिको आफ्नो विश्वास तिमीहरूले त्यागेनौ। शैतान बस्ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए। तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्छन्। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून् भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्यभिचार गर्न बालामले बालाकलाई सिकाए। यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्। यसकारण पश्चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु। जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई म गुप्त-मन्नको केही भाग दिनेछु, र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्दैन। प्रकाश 2:12-17 NNRV