У нас вы можете посмотреть бесплатно TAJA BACHAN | परमेश्वरद्वारा परिवर्तित | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 07 MAR. 2026 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शीर्षकः परमेश्वरद्वारा परिवर्तित मितिः शनिबार – २३ फाल्गुन २०८२ (०७ मार्च २०२६) यदि तपाईं पछिल्ला पाँच वा दश वर्षमा आफूमा भएको परिवर्तन हेर्नु भयो भने, के तपाईं आजको दिनमा पहिलेको तुलनामा धेरै सुधारिएको व्यक्ति भएको निष्कर्षमा पुग्नुहुन्छ ? राम्रो मानिस बन्नु भनेको के हो ? सायद स्वार्थ छोडेर उदार व्यवहार भएको हुनु, घमण्ड छोडेर नम्र हुनु, र रिस छोडेर दयालु हुनु हो । तपाईं अरूलाई बढी बुझ्न थाल्नुहुन्छ; उनीहरूलाई मद्दत गर्नुहुन्छ र गल्ती भए पनि माफ गर्नुहुन्छ । तपाईं कम रिसाउनुहुन्छ र बढी मुस्कुराउनुहुन्छ । यो सजिलो काम होइन, हो र ? हामी जतिसुकै “राम्रो व्यक्ति” बन्नको लागि प्रयास गरौं पुरानो दृष्टिकोण र व्यवहार परिवर्तन गर्न गाह्रो हुन्छ । यो लगभग गम्भीर रोग जस्तै हो, जहाँ तपाईं चिकित्सकलाई भेट्नुभन्दा आफैं उपचार गर्ने प्रयास गर्नुहुन्छ । अवश्य, अर्को उपाय पनि छ; त्यो उपाय येशू हुनुहुन्छ । महान चिकित्सकलाई तपाईंको हृदयको उपचारकर्ता बन्न दिनुहोस् । प्रेरित पौलले यसो भन्नु भएको छः २ कोरिन्थी ३ः१७–१८ अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ । हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं । परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ । बिली ग्राहामले यसलाई यसरी व्याख्या गर्नुभयोः “केवल परमेश्वरले मात्र हामीलाई अरूप्रति निःस्वार्थ प्रेम दिन सक्नुहुन्छ, जब पवित्र आत्माले हामीलाई भित्रबाट परिवर्तन गर्नुहुन्छ तब हामीमा अरुप्रतिको निश्वार्थ प्रेम उत्पन्न हुन्छ । यही कारणले हामीले ख्रीष्टलाई स्वीकार गर्नुपर्छ, किनभने उहाँको आत्मा बिना हामी स्वार्थ, ईष्र्या र उदासीनताबाट कहिल्यै मुक्त हुन सक्दैनौं । के अरूले आज तपाईंको जीवनमा ख्रीष्टको प्रेम देख्नेछन् ?” येशूलाई भित्रबाट तपाईंलाई रूपान्तरण गर्न दिनुहोस् । परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् । यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ । अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद ! Please! Like/Follow/Subscribe/Share Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.” YouTube Channel: TAJA BACHAN HD TikTok: TAJA BACHAN HD Facebook Page: Taja Bachan Daily Devotional WhatsApp No: +9779804144029 Email: tajabachan@gmail.com Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal “Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.” Nanda Kumar Rai