У нас вы можете посмотреть бесплатно ने प्र प्रको सम्मान कवि जसराज किराती र पुरस्कार| विजेता चौधरीलाई।@chokgurung62|8Dec 2025 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
किराती र चौधरीलाई बेलायतको सम्मान तथा पुरस्कार काठमाडौँ, मंसिर २२ । नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्धधन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित “प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५” सोमबार काठमाडौँको बागबजारमा भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला रहेका थिए भने सभाध्यक्ष संस्थाका उपाध्यक्ष मिजास तेम्बे रहेका थिए । यस वर्षको ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई प्रदान गरिएको छ । प्रमुख अतिथि काइँलाले सम्मान तथा पुरस्कार अर्पण गरेका थिए । सम्मान तथा पुरस्कारमा नगद १ लाख रुपियाँ, सम्मानपत्र, दोसल्ला र मालासहित समर्पण थैली प्रदान गरिएको थियो । सम्मानपछि बोल्दै प्रमुख अतिथि काइँलाले भने— “प्रवासबाट पनि सिर्जनालाई सम्बल दिँदै र प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै नेपाली साहित्यको समृद्धिमा संस्थाले विशिष्ट योगदान दिएको छ ।” उनले किरातीलाई भुइँमानिसको पीडा र मुन्दुमीय चेतनालाई साहित्यमा उतार्ने अद्वितीय स्रष्टा तथा चौधरीलाई मधेसी समाजको जीवन–संवेदना र भविष्यको आशा बोकेकी उदीयमान प्रतिभाका रूपमा उच्च मूल्यांकन गरे । सम्मानित प्रतिभा जसराज किरातीले सम्मान ग्रहणपछि भावुक हुँदै भने— “यो सम्मान पाउँदा बढो हर्ष लागेको छ । अझै बाँचेर केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।” पुरस्कृत विजेता चौधरीलेले भनिन्— “मैले कल्पना पनि नगरेको पुरस्कार पाउँदा निकै खुसी लागेको छ । यो पुरस्कारले मातृभाषा र मधेशलाई सम्मान गरेको छ ।” कवि श्रवण मुकारुङले सम्मान तथा पुरस्कार चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक लागेको बताए । उनले भने— “कहिलेकाहीँ पुरस्कार छनोटमा पनि हिंसा हुने गर्दछ । तर, प्रतिभा प्रतिष्ठानको प्रक्रिया भने निष्पक्ष र अनुकरणीय रहेछ ।” कार्यक्रममा पूर्व अध्यक्ष गणेश राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने डा. तुलसी गौतमले दुवै प्रतिभाको परिचय प्रस्तुत गरेका थिए । कार्यक्रम शशी लुमुम्बूले सञ्चालन गरेका थिए ।