У нас вы можете посмотреть бесплатно Shree Riddhi Siddhi Gaijatra Mahotsab 2081 | श्री रिद्धि सिद्धि गाईजात्रा महोत्सव | Full Episode или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Cultural Corporation Presents : Shree Riddhi Siddhi Gaijatra Mahotsab 2081 #sanskritiksansthan #nachghar #gaijatra नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव हरेक जातजातिका मौलिक चाडपर्वहरुको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यकासाथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारु) लाई सांस्कृतिक परम्परा, मूल्य–मान्यता अनुरुप उत्सवका रूपमा मनाउन “श्री रिद्धि सिद्धि गाईजात्रा महोत्सव २०८१” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यताम शुभारम्भ भई मिति २०८१ भदौ ३ गतेदेखि भदौ १० गतेसम्म सभ्य एवम् भव्य ढंगले सम्पन्न गरिएको थियो । तपसिल : कार्यक्रम : ‘श्री रिद्धि सिद्धि गाईजात्रा महोत्सव २०८१’ कलाकार : सताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), लक्ष्मण गाम्नाङ्गे, सुरेन्द्र केसी (मुला साग), शिव शंकर रिजाल (जोगिन्दर), पल्पसा डंगोल (चम्सुरी), राजा राजेन्द्र पोख्रेल, दिनेश काफ्ले (हाउडे दाइ), हिमेश पन्त, खबपु चञ्चल मगर, सन्तोष खनाल (लोकबाजे), सुयसा खनाल तथा सांस्कृतिक संस्थानको विशेष प्रस्तुति स्थान : सांस्कृतिक संस्थानको मेघा प्रेक्षालय । आयोजक : सांस्कृतिक संस्थान जमल, काठमाडौं । गाईजात्रा : गाईजात्रा सांस्कृतिक पर्व हो । गाईजात्रा उपत्यका लगायत नेवार समूदाय बसोबास गर्ने देशका विभिन्न स्थानमा धुमधामकासाथ मनाइने पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । वर्ष दिनभित्र मरेका दिवंगत आफन्तको सम्झनामा मनाइने यस पर्वले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । शोक र मृत्युसँग सम्बन्धित रहेको गाईजात्रा पर्वले नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पाइन्छ । गाईजात्रामा हाँसो र व्यङ्ग्यको शुरुआत मध्यकालमै भएको हो । राजा प्रताप मल्लले मृत्यु शाश्वत सत्य हो भन्ने देखाउँदा समेत रानीको चित्त शान्त नभए पछि हास्य प्रयोग गरेको इतिहास पाइन्छ । यसर्थ गाईजात्रा पर्व हाँसो र आँसुको संगम रही आएको पाइन्छ । काठमाडौं उपत्यकाकै विभिन्न सहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन् । त्यसमध्ये भक्तपुरमा सापारुका छुट्टै रौनक र आकर्षण रहेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठ दिनसम्म चल्दछ । यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेको छ । गाईजात्राको एक दिन अघि जनै पूर्णिमा पर्छ, त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म यो पर्व मनाइन्छ । गाईजात्राको अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने चलन पनि हाल बढेको पाइन्छ । गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिहरूलाई लक्षित गर्ने परिपाटी रहेको छ । गाईजात्राको अवसरमा परम्परागत रूपमा र लोकतान्त्रिक पद्धति अनुसार पनि व्यङ्ग्य गर्ने छुट रहेको पाइन्छ । तर अतिरञ्जित एवम् विकृतिजन्य किसिमले प्रहसन गरिने प्रचलन रहेको प्रति संस्थानले विशेष ध्यानाकर्षणगरी कन्टेन्टलाई सभ्य रूपमा प्रस्तुत गर्ने गरी डिजिटल युग र वैश्वीकरणको प्रभावले नेपाली संस्कृति नै संकटमा पर्ने अवस्था रहेकोले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकताको सन्देश प्रवाह गर्दै संस्कृति संरक्षण, संवद्र्धन, प्रवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यकासाथ यो कार्यक्रम समर्पण गर्दछौं । किरण बाबु पुन महाप्रबन्धक तथा सांस्कृतिक संस्थान परिवार visit our website - www.sanskritiksansthan.gov.np Contact Number - 01-5321194 यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.