У нас вы можете посмотреть бесплатно Nepali Reels Episode 3 | Meeting of the Two Kings | दुई राजाको भेट | By Ramesh Khadka или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
When talking about the history of Nepalis in Thailand, this period should be remembered.The late King Bhumibol Adulyadej of Thailand and Queen Sirikit are welcoming the Nepali King Birendra and Queen. This meeting was held on The last week of the December 1984. The current King of Thailand, Maha Vajiralongkorn, is also seen here as the Crown Prince.Some events in history are always important for any country and society.When talking about the history of Nepalese diaspora in Thailand, one must remember the royal visit of Nepali King Birendra to Thailand about 41 years ago. Although diplomatic relations between Nepal, the birthplace of Buddha, and Thailand, which practices Buddhism, began in the 1960s, this was the first diplomatic visit from Nepal. यो भिडियोमा नेपालका तत्कालिन राजा श्री ५ बीरेन्द्र र थाई राजा भूमिबोल अव्दुल्यादेज देखिनुहुन्छ । यो नेपालबाट भएको पहिलो राजकीय भ्रमण थियो । थाइल्याण्ड र नेपालको सम्बन्ध जोडिएको केही वर्ष पछाडिको भ्रमण थियो । यो भिडियो र त्यसबेलाको नेपाली राजाको भ्रमण यसकारण पनि महत्वपूर्ण भएको छ कि यसले थाइल्याण्डमा नेपालीहरुको बसोबासको वातावरण तयार गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । त्यसबेलाको दुईराजाको भेट ऐतिहासिक र महत्वपूर्ण थियो । २०४१ साल मंसीरको अन्तिम साता । अर्थात सन् १९८४ को डिसेम्बर महिना । थाइल्याण्डमा नेपालीहरुको इतिहासको कुरा गर्दा यो कालखण्डको सम्झना गर्नु पर्ने हुन्छ । इतिहासका कुनै घटनाहरु कुुनै देश र समाजका लागि सँधैसँधै महत्वपूर्ण बनेर रहेका हुन्छन् । थाइल्याण्डमा नेपालीहरुको इतिहासको कुरा गर्दा करीव ४१ वर्षअघि भएको नेपाली राजा बीरेन्द्रको थाइल्याण्डमा भएको राजकीय भ्रमण सम्झनै पर्ने हुन्छ । थाइल्याण्डका स्वर्गीय नरेश भूमिबोल अदुल्यादेज र महारानी श्रीकृत नेपाली भ्रमण टोलीलाई स्वागत गर्दै हुनुहुन्छ । थाइल्याण्डका वर्तमान नरेश महावजिरा लोंकर पनि युवराजका रुपमा यहाँ देखिनुहुन्छ । बुद्ध जन्मेको देश नेपाल र बुद्ध धर्म मान्ने थाइल्याण्डबीचको दौत्य सम्बन्ध सन् १९६० तिरबाट सुरु भएपनि नेपालबाट भएको यो पहिलो राजकीय भ्रमण थियो । यसका दृष्यहरु हेर्दा थाइल्याण्डले यो भ्रमणलाई ज्यादै महत्व दिएको अनुमान गर्न सकिन्छ । नेपालले गरेकको कुनीतिक महत्वको भ्रमण थाइल्याण्डमा बसिरहेका नेपालीहरुको बसोबासको लागि एउटा महत्वपूर्ण कोर्स थियो । दोस्रो विश्वयुद्धदेखि यस देशमा छुटेका नेपालीहरु माइनमा काम गर्ने सिलसिलामा थाइल्याण्ड पुगेका थिए । माइन बन्द भएपछि उनीहरु थाइल्याण्डक बकक र अरु विभिन्न शहरहरुमा पुगेका थिए । उनीहरुको अवस्था भने विना देशको नागरिकको थियो । स्टेटलेस सिटिजनका रुपमा उनीहरु त्यहाँ धेरै वर्षदेखि थिए । पहिलो र दोस्रो विश्वयुद्धताकादेखि नेपालीहरुको ठूलो समूह म्यानमार थाइल्याण्ड मलेसिया लगायतका देशहरुमा पुगेको थियो । थाइल्याण्डमा बसिरहेका नेपालीहरु पनि नागरिकताविहिन र राज्यविहिन अवस्थामा थिए । धेरै वर्षसम्म उनीहरुसँगको बसोबास समेत गैरकानुनी जस्तो थियो । नेपाली राजाको यही भ्रमणको मेसोमा थाइल्याण्डका नेपाली आप्रवासीहरुको समूहले आफूहरुको अवस्थाबारे बताएका थिए । उनीहरुको भनाइ थियो – हामी पहिलो र दोस्रो विश्वयुद्धताकादेखि नै यस देशमा छौं । यस देशको सीमामा पर्ने एउटा जग्गामा हामीले माइनको काम पनि ग¥यौं । नेपालमा हाम्रा आफन्त र जग्गा जमीन केही छैन । त्यसैले हामीलाई यस देशमा बसोबास र नागरिकताको लागि थाइ सरकारसँग कुरा गरिदिन हामी माग गर्दछौं । नेपालीहरुको यो आग्रह अनुसार नै नेपाली राजदुतावास र थाइ सरकारले पहिचानको काम सुरु गरेका थिए ।