У нас вы можете посмотреть бесплатно देवघाटमा एक महिने मकर स्नान, बेणी संगममा स्नान गर्दा मिल्छ फल Holy Bath, Devghat, Magh, Makar Snan или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नवलपुर, तनहुँ र चितवनमा पर्ने देवघाटधामस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा मकर स्नान गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्य छ । विभिन्न धार्मिक ग्रन्थहरुमा आदि प्रयागको नामले चिनिएको देवघाटधाममा नेपालका विभिन्न जिल्लाबाट मात्रै नभइ भारतबाटसमेत तीर्थालुहरु माघ महिनाभर स्नानका लागि आउने गरेका छन् । पुस मसान्तबाट सुरु भएको मकर स्नानमा हालसम्म १० लाख बढी भक्तालुहरु आइसकेका छन् । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने महोत्सवमा देशभरबाट मानिसहरु आउने गरेका छन् । देवघाट धार्मिक, सांस्कृतिक सँगसँगै प्राकृतिक रुपमा समेत सुन्दर रहेको इलामबाट आउनुभएका तीर्थालु प्रकाशचन्द्र खनालले बताउनुभयो । धार्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना भएर पनि संरक्षणसम्बन्धी नीतिगत योजना र प्रचारप्रसारको अभावमा देवघाट क्षेत्र ओझेलमा छ । पछिल्लो समय देवघाटको धार्मिक मौलिकता हराउँदै जाँदा पनि यसले प्रत्यक्ष धार्मिक पर्यटनमा असर पु¥याएको यहाँ आउने धार्मिक पर्यटकहरुको बुझाइ छ । सुनेको देवघाट र देखिने देवघाटमा धेरै अन्तर भएको बन्दै यसको प्रचार प्रसार गर्नुपर्ने धर्मानान्द उप्रेती बताउनुहुन्छ । देवघाटमा रहेका मठमन्दिरले आआफ्नै ढङ्गले धर्मशाला सञ्चालन गरे पनि सरकारका तर्फबाट कुनै धर्मशाला नहुँदा समस्या हुने गरेको धार्मिक तीर्थयात्रीहरु बताउँछन् । सांस्कृतिक तथा धार्मिक पर्यटनको केन्द्रविन्दु भएकाले देवघाटधामको उजागर गर्दै लैजानुपर्ने तीर्थयात्री वासुदेव रेग्मीले बताउनुभयो । पहिला चितवनको आँपटारीबाट मात्रै देवघाटको बेनी सङ्गममा जान सकिने भए पनि अहिले चितवनबाट त्रिशूली नदी र नवलपुरबाट कालीगण्डकी नदीमा मोटरे पुल बनेको छ । देवघाटमा पर्यटक आकर्षणका लागि चितवन, नवलपरासी र तनहुँ जोड्ने झलुङ्गे पुल बनाउने योजना त्यसै अलपत्र परेका कारण पर्यटक आकर्षण गर्न सकिएको छैन । Don't forget to like, share & subscribe AP News Service official videos. ♪Mixing/Mastering:- Aananda Pokharel ♪ Recording Studio:- AP News Service ♪ Recordist:- Aananda Pokharel ♪ Audio/Video:- Aananda Pokharel ------------------------------------------ 🎬️ Video Credits:- Aananda Pokharel 🎬️ Edit/Color:- Aananda Pokharel 🎬️ Production Designee:- Arati Neupane 🎬️ Post Production:- AP News Service © AP News Service 2023 -------------------------------------------------- यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #APNewsService #Aananda_Pokharel