У нас вы можете посмотреть бесплатно जिल्ला कारागार भरतपुरमा क्षमता भन्दा तीन गुणा बढी कैदीवन्दी-NEWS 24 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जिल्ला कारागार भरतपुरमा क्षमता भन्दा ३ गुणा बढी कैदीवन्दीहरु बस्न बाध्य भएका छन् । २ सय ५५ जनाको क्षमता रहेको कारागारमा ६ सय ६९ कैदी तथा बन्दीहरु रहेका छन् । चितवन देशकै केन्द्रमा रहेको र मेडिकल सिटीकोरुपमा विकास हुँदै गएकोले यहाँ अन्य जिल्लाबाट बिरामी कैदीबन्दी तथा अन्य बन्दीहरुलाई ल्याएर राख्ने गरेकाले यस्तो अवस्था आएको हो । एक रिपोर्ट चितवन कारागारमा कैदीबन्दीहरुको संख्या अधिक रहेको जिल्ला कारागार भरतपुरका प्रमुख कमलप्रसाद काफ्ले स्वीकार्नु हुन्छ । उहाँका अनुसार १५ जना महिलाको क्षमता रहेको कारागारमा ५७ जना बस्न बाध्य भएका छन् । छिमेकी जिल्ला मकवानपुरमा महिला कारागार नभएका कारण त्यहाँबाट पनि चितवनमा नै ल्याईने हुँदा चितवनमा महिलाहरुको संख्या अधिक भएको हो । त्यस्तै ३ जना नावालकहरु पनि कारागारमा रहेका छन् । त्यस्तै २४० जना पुरुषको क्षमता भएको कारागारमा ५०९ जनालाई राख्नु परेको पनि काफ्ले बताउनु हुन्छ ।