У нас вы можете посмотреть бесплатно BJPलाई हामीले गोर्खाल्याण्डको लागि समर्थन गरेका हौं तर BJPले हाम्रो भावनासंग खेलवाड गर्दैछ : परियार или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिमल झावरले जुस पिलाएर आयुष अधिकारीलाई भोक हडतालबाट उठाए !! आयुष अधिकारीलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावरले जुस पिलाएर मौन भोक हडतालमा उठाए।गत 25 दिसम्बर 2025 को दिनदेखि आयुष अधिकारी सिलगढीको मिलन मोडमा 72 घण्टाको मौन भोक हडतालमा बसेका थिए।आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावरले आयुष अधिकारीलाई जुस पिलाएर मौन भोक हडतालबाट उठाए।अलग राज्य गोर्खाल्याण्ड तथा गोर्खा समुदायको 11 जात गोष्ठीको मुद्दामाथि केन्द्र भाजपा सरकार तथा दार्जीलिङको सांसद राजु विष्टको ध्यान आकर्षण गर्न 72 घण्टाको मौन भोक हडतालमा बसेका थिए।यस अवधि आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य बिमल झावर संग सभासद प्रतिम सुब्बा,सन्नी बम्जन तामाङ, मन्दीप लामा,राजु सुब्बा,गोपाल परियार आदि सामेल थिए।यस अवधि पत्रकारहरूसंगको कुराकानीमा आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य तथा दार्जीलिङ नगरपार्षद गोपाल परियारले भारतीय जनता पार्टीले हाम्रो भावनासंग खेलवाड गरेको बताए।गत 2009 को लोकसभा चुनावदेखि हामीले भारतीय जनता पार्टीलाई निरन्तर रूपमा समर्थन गर्दै सांसद दिँदै आइरहेका छौ।गत 2009 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीको सरकार गठन हुन सकेन ठिकै छ तर 2014,2019 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीले आफ्नो क्षमतामा सरकार गठन गरेको थियो तर त्यस्तो अवस्थामा पनि भारतीय जनता पार्टीले गोर्खाहरूको दीर्धकालिन मांग अलग राज्य गोर्खाल्याण्ड गठन गरी दिएनन्।गत 2009 देखि 2024 सम्म लोकसभा चुनावमा हामीले भारतीय जनता पार्टीलाई समर्थन जनाउदै सांसद दिँदै आएको हो।हामीले भारतीय जनता पार्टीलाई समर्थन गरेर सांसद दिनुको मुख्यकारण नै अलग राज्य गोर्खाल्याण्डको गठन हो।गोर्खाल्याण्ड बाहेक हाम्रो अन्य कुनै मुद्दानै छैन।बंगालदेखि अलग छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति नै हामीले भारतीय जनता पार्टीलाई समर्थन गर्दै सासंद दिएका हौ। पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्डको गठन हुन पर्छ भन्ने हाम्रो मांग हो।गत 2014 र 2019 को लोकसभा चुनावमा केन्द्रमा भारतीय जनता पार्टीले आफ्नो क्षमतामा सरकार गठन गरेको थियो तर त्यस्तो अवस्थामा पनि भारतीय जनता पार्टीले हाम्रो मांग पुरा गरि दिएनन् 2024 को लोकसभा चूनावपछि केन्द्रमा गठबन्धनको सरकार गठन भएको छ।भाजपाले आफ्नो पूर्ण बहुमतमा सरकार गठन गरेको छैन।भारतीय जनता पार्टीले हामीलाई अलग राज्य गोर्खाल्याण्डको गठन गरिदिन्छु भनेर बचन दिएका थिए तर भाजपाले त्यो बचन पुरा गरेको छैन।भाजपाले हामीलाई धोका दिए,हाम्रो जातिको भावनासंग खेलवाड गरेको छ।पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्ड गठनको सपना हामीलाई भारतीय जनता पार्टीले देखाएका थिए अनि अलग राज्य गोर्खाल्याण्डको मुद्दामाथि भारतीय जनता पार्टी तथा केन्द्र सरकारले चर्चा गर्न पर्छ भनेर आयुष अधिकारी सिलगढीको मिलन मोडमा मौनता भोक हडतालमा बसेको हो।गत दिन सम्पन्न भएको संसदको शीतकालिन सत्रमा दार्जीलिङको सांसद राजु विष्टले अलग राज्य गोर्खाल्याण्डको नीजि बिल समेत ल्याउन सकेनन्।संसदमा यता उता बोलेर नै उनले समय बिताई दिए।संसदमा राजु विष्ट बोल्छ एकातिर तर काम हुन्छ अर्कोतिर।सांसद राजु विष्ट संसदमा दशपल्ट बोल्छ तर उसले बोलेको सरकारले पत्तो नै दिएको छैन।बोल्नु एउटा विषय हो तर बोलेको विषयलाई कार्य रूपमा परिणत गर्न अर्को विषय हो तर सांसद राजु विष्टले बोलेको सरकारले पत्तो समेत दिएको छैन।सांसद राजु विष्टले संसदमा पहाड तराई डुवर्स मिलाएर अलग राज्य गोर्खाल्याण्ड गठन हुन पर्छ भन्न डराउँछ,गोर्खाल्याण्ड को बारेमा बोल्न सांसद राजु विष्टको आँट छैन।सांसद मा गोर्खाल्याण्ड शब्दको उच्चारण गर्ने क्षमता समेत छैन।राजु विष्टलाई गोर्खा जातिको मुद्दासंग सरोकार छैन,उनी यहाँ व्यापार गर्न आएको हो,उसलाई गोर्खा जातिको मुद्दासंग सरोकार छैन साथै भारतीय जनता पार्टीलाई पनि गोर्खाहरूको मुद्दासंग कुनै सरोकार छैन। गत दिन सम्पन्न भएको संसदको शीतकालिन सत्रमा गोर्खाहरूले न्याय पाएनन्।भाजपाले गोर्खाहरूलाई धोका दियो भनेरनै आयुष अधिकारी मौन भोक हडतालमा बसेको हो।हामी यहाँ आयुष अधिकारीको मनोबल बडाउन आएका हौ। आयुष अधिकारी अलग राज्य गोर्खाल्याण्डको खाँटी समर्थक हो,हाम्रो लक्ष्य बंगालदेखि अलग राज्यको गठन हो।पहाड तराई डुवर्स हाम्रो हो अनि हाम्रो क्षेत्रमा हामी आफै शासन गर्न चाहन्छौ,बंगालले पहाड तराई डुवर्समा शासन गरेको हामी चाहदैनौ।केन्द्र सरकारले पहाड तराई डुवर्सको समस्यालाई केलाउन इन्टरलोक्युटरको नियुक्ति गरेको छ तर यो हावा मिठाई मात्र हो तर पनि इन्टरलोक्युटर को विषयलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्ट हाम्रो पार्टीले स्वागत जनाई सकेको छ तर इन्टरलोक्युटरले के गर्छ के गर्दैन त्यो भविष्यको विषय हो तर 2014 र 2019 मा केन्द्रमा भाजपाले आफ्नो क्षमतामा सरकार गठन गरेका थिए,त्यति बेला त अलग राज्य गोर्खाल्याण्डको गठन गरेनन् भने अब केही हुन्छ भन्ने आशा साँच्नु कम्ति नै हुन्छ तर पनि हामीले इन्टरलोक्युटरलाई स्वागत जनाएका छौ गोपाल परियारले बताए। गोपाल परियार केन्द्रीय कार्यकारिणी सदस्य इण्डियन गोर्खा जन शक्ति फ्रण्ट केन्द्रीय कार्यालय दार्जीलिङ Facebook Page: https://www.facebook.com/profile.php?... Facebook Profile : / zafar.akil.9 Instagram : / himali_channel520 X : https://x.com/himalichannel62 X : https://x.com/ZafarAqueel786 #himalichanneldarjeeling #darjeelingnews #insidestory #himalieyesonyou