У нас вы можете посмотреть бесплатно Saving a Child’s Vision: A Pituitary Tumor Success Story| Neuro Hospital Bansbari или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
विश्वास, विशेषज्ञता, र आशाको कथा: हाम्रो अस्पतालमा ७ वर्षका रितेश यादवको "Pituitary Tumour" को शल्यक्रियाद्वारा नै सफल उपचार गरियो । सर्लाहीका ७ वर्षका रितेश यादवको बायाँ आँखाको दृष्टि बिस्तारै कमजोर हुँदै गयो र जाँचका क्रममा गरिएको MRI स्क्यानले पिट्युटरी ग्रन्थिमा ट्युमर भएको देखायो। समयमै उपचार नगरेमा दृष्टि पूर्ण रूपमा गुम्ने तथा गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्थ्यो तसर्थ आशा र विश्वासका साथ रितेशका परिवारले उहाँलाई उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल, बाँसबारीमा ल्याउनुभयो। ट्युमरको जटिल अवस्थालाई ध्यानमा राख्दै हाम्रो विशेषज्ञ चिकित्सकहरूको टोलीले दुई चरणमा शल्यक्रिया गर्नुभयो। पहिलो चरणमा, मस्तिष्कमा अत्यधिक पानी/CSF जम्मा भएकाले MVP Shunt राखियो जसले मस्तिष्कको दबाब कम गर्दै अतिरिक्त पानीलाई पेटतिर सार्न मद्दत गर्यो । दोस्रो चरणमा, craniotomy शल्यक्रिया मार्फत ट्युमर पूर्ण रूपमा हटाइयो । Neuronavigation Technology जस्ता अत्याधुनिक प्रविधिको प्रयोगले शल्यक्रियामा सुरक्षा र सटीकता सुनिश्चित गर्यो । यसरी समयमै सही उपचार भएकोले रितेशको दृष्टिमा सुधार आयो र थप जटिलता देखिएन। हाल रितेशको स्वास्थ्य अवस्था राम्रो छ र उहाँ नियमित फलो–अपमा हुनुहुन्छ। #neurohospitalbansbari #patientfirst #udmninas #testimonial