У нас вы можете посмотреть бесплатно Winner Palenswan Raghubansi in kalaawant in raipur india или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Congratulations our disciple Palenswan Raghubansi Winner in india 🏆 मिति 2082 मंसिर 21 गते, भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजना गरिएको ‘कलावंत 2025 भरतनाट्यम् प्रतियोगिता’ मा नेपालका तीनै प्रतिनिधि कलाकारले आ–आफ्नो समूहमा प्रथम स्थान हासिल गर्दै नेपालको नृत्य क्षेत्रको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका छन्। ललितपुर सुन्धारास्थित क्लासिक कल्चर सेन्टरबाट सहभागी भएका तीनजना प्रतियोगीमध्ये सब–जुनियर समूह (बर्ष 6–10) तर्फ 7 वर्षीय विभास स्वरुप रघुवंशी, जुनियर समूह (बर्ष 11–15) तर्फ 13 वर्षीया पंलेस्वा रघुवंशी र सिनियर समूह (बर्ष 16–20) तर्फ 16 वर्षीया सदिक्षा पौडेल प्रथम स्थान हासिल गर्न सफल भएका हुन्। प्रतियोगिता ‘परफर्मिङ आर्ट्स’ श्रेणीअन्तर्गत संचालित थियो, जसमा नृत्यसँगै गायन, वादन तथा चित्रकला समेत समावेश गरिएको थियो।अन्तिम मूल्यांकनको अङ्कसंहितामा पनि तीनै नेपाली प्रतिनिधिले सर्वाधिक अङ्क प्राप्त गर्दै ‘कलावंत सम्मान 2025’ हासिल गरेका छन्, जसले नेपालमा नृत्यकला भारतीय कलाकारभन्दा कम छैन भन्ने तथ्य सशक्तरूपमा पुष्टि गरेको आयोजकहरूले बताएका छन्। प्रतियोगीहरूको प्रस्तुतिले दर्शक र निर्णायक सबैलाई छक्क पार्दै उच्च प्रशंसा बटुलेको थियो। यस एम जी स्कुलमा कक्षा २ मा अध्ययनरत विभासले ५ वर्षकै उमेरदेखि भरतनाट्यम् सिक्दै २० भन्दा बढी मंच प्रस्तुति दिइसकेका छन्। उनले यस कार्यक्रममा थप एक ‘नवोदय नृत्य कलाकार सम्मान 2025’ पनि प्राप्त गर्नु भएको छ । यस्तै, नेसनल युनाइटेड स्कुलकी कक्षा ९ की विद्यार्थी पंलेस्वा ८ वर्षदेखि नृत्ययात्रामा सक्रिय रहँदै नेपाल र भारतका विभिन्न प्रतिष्ठित मंचमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी छन्। उनले पनि ‘नवोदय नृत्य कलाकार सम्मान 2025’ प्राप्त गर्नु भएको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा कक्षा ११ अध्ययनरत सदिक्षा पौडेलले पनि विविध अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मंचमा प्रभावशाली प्रस्तुति दिँदै आएकी छन्। यी प्रतिभावान् कलाकारहरूलाई नृत्यको उच्च साधनामा पुर्याउनमा गुरु स्वजन रघुवंशी र गुरु प्रमिला श्रेष्ठ रघुवंशीको महत्वपूर्ण योगदान रहेको छ। गुरुद्वयको उत्कृष्ट नृत्यविद्या र संस्कारले नै विद्यार्थीहरू आज यस सफलतामा पुगेको क्लासिक कल्चर सेन्टरले जनाएको छ। सोही कार्यक्रमका क्रममा गुरु स्वजन रघुवंशी र गुरु प्रमिला श्रेष्ठ रघुवंशीलाई ‘कलावंत गुरु सम्मान 2025’ द्वारा विशेष सम्मान प्रदान गरिएको थियो। Classic Culture Center Lalitpur