У нас вы можете посмотреть бесплатно जय राम , रमा को रमण ।। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय राम , रमा को रमण , शान्तिदायक प्रभु । संसारको ताप र भयले व्याकुल जन लाई रक्षा गर्नु हे प्रभु ॥ अयोध्याको ईश्वर, देवताको स्वामी ।। शरणमा आएका भक्तको रक्षा गर्नु हे प्रभु ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ दशशीस रावण विनाशक, बीस भुजालाई हराउने वीर । धरतीका सबै रोग र दुःख हटाउने धीर ॥ रातका राक्षस समूह पतंगझैँ भए नष्ट । तिम्रो बाणको अग्नि तेजले भए सबै स्पष्ट ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ धरणीका आभूषण, अति सुन्दर स्वरूप धारी । धनुष-बाण सहित सदा सज्ज वीरता को स्वामी॥ मद, मोह र ठूलो ममता अँध्यारो रात समान । तिम्रो सूर्य जस्तो तेजले हट्यो अज्ञानको धाम॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ मनरूपी शिकारीलाई जितेर शुद्ध बनायौ हृदय । विषय वासनामा डुबेका जनलाई उठायौ सदय ॥ हे अनाथका नाथ, हामीलाई पनि गर रक्षा । विषयरूपी वनमा भुलेका छौँ , देऊ मुक्ति दिक्षा ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ धेरै रोग र वियोगले पीडित भए जन । तिम्रा चरणको मानकै फल हो यो सुख र धन ॥ जो प्रेमले गर्छन सेवन् चरणकमल तिम्रो । अगाध भवसागरमा तर्छन् तिनको जीवन सारा ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ अति लीन र सधैं सुखी ती जन । जसको छ चरणकमलमा प्रेम-भक्तिको धन ॥ जसले तिम्रो कथा सुने, तिमी नै आधार । सन्तहरू सधैं प्रिय हुन्छन् तिनलाई अपार ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ न राग, न लोभ, न अहंकारको नशा । तिनका लागि सुख दुःख समानै दशा ॥ यसरी तिम्रा सेवक सधैं आनन्दित रहुन् । मुनिहरू योगभन्दा तिम्रो भरोसामा बसुन् ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ निरन्तर प्रेम र नियमले सेवा गरौँ चरण । शुद्ध हृदयले पूजा गरौँ प्रभु श्री राम को॥ आदर अपमान समान मान्ने सन्तजन । धरतीमा सुखपूर्वक विचरण गर्छन् सधैं जन ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ मुनिको मनकमलमा भृङ्गझैँ तिमी बस्छौ । रघुवीर, महाधीर, अजन्मा, सबै दुःख हरछौ ॥ तिम्रो नाम जप्छु , नमस्कार गर्छु हरी । भवरोग , अहंकाररूपी शत्रु गर नष्ट गरी ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥ गुण, शील र कृपाको महान आश्रय स्थान । निरन्तर प्रणाम श्रीराम भगवान ॥ रघुनन्दन, द्वन्द्व विनाशक, दीनका पालक । हे पृथ्वीका नाथ , गर दर्शन दीन जनताका ॥ राजा राम, राजा राम, सीता राम, सीता राम ॥