У нас вы можете посмотреть бесплатно पूर्व सिक्किम रिनाक कालेजको जीर्णास्था देखेर शिक्षा मन्त्री राजू बस्नेत आफै दुखित भए или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रिनाक रूङदुङ स्थित दस वर्ष पुरानो कालेजको जीर्ण अवस्था देखेर शिक्षा मन्त्री राजू बस्नेत दंग बने। उनी कालेजको महिनाव्यापी कार्याशालाको शुभारम्भ गर्न आएका थिए। सिक्किम सरकारमा एसिस्टेण्टेंट इंजिनियरको पदभारबाट करियर आरम्भ गरेका मन्त्री बस्नेत सचिव पदसम्म पुगे। उनले विगत सरकारको पूर्वाधार निर्माणमा भएको लापर्वाहीको आलोचना गरे। जहाँ इंजिनियरहरू नै दोषी रहेको बताए। गुणस्तरीय नभएको आरोप लगाए। उनले कालेजको होस्टेल, खेल मैदान, क्लास रूम आदि पूर्वधारको औचक निरीक्षण गरे। उनले रिनाक कालेजको पूर्वाधार निर्माण तथा मेन्टिनेन्समा भएको लापार्वाहीको सम्बन्धमा मुख्यमन्त्री एवं स्थानीय विधायक पीएस तामाङ गोलेलाई पनि अवगत गर्ने तथा आवश्यक कार्रावाही गर्ने बताएका छन। राष्ट्रीय उच्चत्तर शिक्षा अभियानद्वारा प्रायोजित सो कार्यक्रममा कालेजकी प्रिन्सिपल डाक्टरी शोभा शर्मा वशिष्ठले कालेजको विभिन्न समस्याहरू बारे अवगत गरिन। सो कार्यक्रममा विशिष्ठ अतिथिको रूपमा उपस्थित शिक्षा विभाग अन्तर्गत उच्चत्तर शिक्षा की सचिव तेञ्जिङ किजोङले पनि कालेजको समस्याहरूबारे आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन। कार्यक्रमको संचालन डाक्टर रचना शर्माले गरिन तथा स्वागत सम्बोधन केसाङ ओङ्मु भोटिया एवं धन्यवाद ज्ञापन प्रस्ताव डाक्टर चुन्नु माया गीरीले राखिन।