У нас вы можете посмотреть бесплатно Nuwakot Lakhe Natyashwori Puja || नुवाकोट लाखे नाट्यश्वरी पुजा || 2081 || Part-1 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नाट्यश्वरी पुजा सम्पुर्ण नेवा समुदायमा नाच अथवा बाजा गाजा संग सम्बन्ध राख्छ।त्यस्तै नुवाकोट लाखे नाचमा पनि कृष्ण जन्नाष्टमी एक दुइ दिन अघि नाट्यश्वरी पुजा गर्ने चलन रहि आएको छ। सोही पुजा यो साल आजको दिव (भाद्र ८, शनिबार धुनधामका साथ सम्पुर्ण भएको छ। नुवाकोट लाखेनाच नाट्यश्वरी पुजाको दिन बिहान गंगटे लाखे मन्दिरमा निमन्त्रणा पुजा गरी सुरु हुन्छ। त्यस पश्चात दिउसो तिर लाखेको पहिरन, मुकुट, बाजा गाजा सहित पुजा लिइ नुवाकोट टुडिखेलबाट उत्तरी भागमा रहेको नुवाकोट स्वयम्भु परिसरमा रहेको नाट्यश्वर मन्दिरमा* लगिन्छ। त्यहाँ धामी साहाब बाट खटाइएको पुजारी द्वारा बोका बली सहितको पुजा सम्पन्न गरीन्छ। जसमा बिशेस नाट्यश्वर भगवान पुजा गरी लाखेको बाजा लाइ पनि पुजा गरिन्छ। त्यस पश्चात बली चढाएको बोकालाइ भोज तथा टाउको सि को लागि तयार गर्न लगिन्छ। मध्यान्नको उक्त पुजा पश्चात बेलुकि पख भोज तथा सि( बली चढाइएको जन्तुको बिशेस अंग, जस्तैः आँखा, कान आदि) पकाएर तयार पारीन्छ। जुन लाखे नाच्दै आएकाहरु वरीयता क्रम अनुसार ग्रहण गरिन्छ। बेलुकि सम्पुर्ण सर्वसाधारण सहित भोज खाइ सि खाने तयार गरिन्छ। जसमा ६ जना लाखेहरु वरियता क्रम अनुसार बसि भोज ग्रहण गरि हात धोइ सि को लागि तयार हुन्छन्। त्यस पश्चात वरियता क्रम अनुसार लाखे जगाउने मन्तर गरि पानि खुवाइन्छ र सि दिइन्छ र सबैले ग्रहण गर्छन्। स्थानिय मान्यता अनुसार सि ग्रहण गर्ने मानिस हरुमा लाखे चढ्छ र उनिहरु दगुरेर बाजा तर्फ दगुर्ने गर्छन्। यस्तो अवस्थामा उनि हरुलाइ छोडि दिए बाजा फालिदिने गर्छन् भनिन्छ। त्यसैले सबैजना मिलेर लाखे चढेकाहरुलाइ समातेर रोकिन्छ।लाखे चडिसके पछि तयार अवस्थामा रहेका बाजा बजाउने हरु झुलाउने तालमा बाजा बजाउन सुरु गर्छन्र पालैपालो सि लिने हरु काम्न थाल्छन्। प्राय २-३ पटक सि ग्रहण गरेपछि लाखे काम्ने गरेको पाइन्छ कोहि एकै पटकमा पनि काम्छन्। कामि सकेपछि सबै लाइ बिस्तारै छोड्छ र अन्त्यमा नाटेश्वर ढोग गरि अन्त्य हुन्छ। यस क्रममा २ जनालाइ कामेको अवस्थामा नै लाखेको पहिरन र मुकुट लगाइ तयार गरिन्छ र अन्त्यमा उनिहरु नै लाखे नाच्छन् वा अन्य कोहि नाच्ने गर्छन्। यस बर्ष अघि सम्म नुवाकोट स्वयम्भु भन्दा माथि रहेको सरस्वति मन्दिर संगैको मन्दिरमा पुजा गरि आएकोमा यस बर्ष नुवाकोट स्वयम्भु संगै रहेको मन्दिर नै नाट्यश्वर( नासः द्य) रहेको खुल्न आएकोले बली सहितको पुजा तल गरी माथि पनि पुजा गरीएको र सि ग्रहण पहिले झैं माथि नै गरिएको छ।