У нас вы можете посмотреть бесплатно नेकपा माओवादी केन्द्र बैठकले नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै बढाउने निर्णय или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेकपा एमालेसँग गठबन्धन गर्दै निर्वाचनमा होमिएको नेकपा माओवादी केन्द्र निर्वाचनको परिणामबाट उत्साहित देखिएको छ । र, पहिलो पटक केन्द्रीय सचिवालय बैठक बोलाएर आगामी कार्यदिशाबारे समेत निर्णय गरेको छ । पार्टी मूख्यालय पेरिसडाडाँमा बसेको नेकपा माओवादी केन्द्र सचिवालय बैठकले नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै बढाउने निर्णय गरेको छ । यसको जिम्मेवारी भने शीर्ष नेतृत्वलाई दिएको छ । एमालेसँग पार्टी एकता गर्ने शीर्ष नेताहरुको निर्णय समेत बैठकले अनुमोदन गरेको छ । माओवादी केन्द्रले राष्ट्रिय राजनीतिबारे पनि वाम गठबन्धनकै अडानलाई समर्थन जनाएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भन्दा दोब्बर बढी सिट जितेको माओवादी केन्द्र बैठकको अधिकांश समय आगामी कार्यदिशा तय गर्नेबारे केन्द्रीत भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता कसरी गर्ने भन्नेबारे सचिवालयका सदस्यहरुसँग राय लिनुभएको थियो । सचिवालय सदस्यहरुले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै बढाउनुपर्ने सल्लाह दिएका थिए । पार्टी एकताबारे बढी जोड दिदै सचिवालय सदस्यहरुले सम्मानजनक रुपमा पदहरुको बाँडफाँड हुनुपर्ने धारणा राखेका थिए । माओवादी केन्द्रले समानुपातिक सांसद छनोटबारे समेत छलफल शुरु गरेको छ ।