У нас вы можете посмотреть бесплатно इलामको अन्तु डाँडामा पर्यटकको चहलपहल, स्वास्थ्य मापदण्ड भने अपनाइएन-NEWS 24 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । कोरोनाका कारण ८ महिनादेखि बन्द भएको पर्यटकीय गतिविधि बल्ल चलबालाउन थालेसँगै पर्यटकको भीड बढ्दै गएको हो ।सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिकामा पर्दछ । अन्तु डाँडा पर्यटकको रोजाइँमा पर्ने गर्दछ । कलकलाउँदा चियाका मुना र शान्त वातावरणले अन्तु डाँडा पुगेका जोकोहीलाई प्रफुलित बनाउने गर्दछ । दशैं र तिहारमा मौसम खुला हुने हुँदा पनि आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । लामो समयको अन्तरालपछी अन्तुमा पर्यटक आउन थाले पछि अन्तुमा रहेका होटल तथा होम स्टेहरु पनि भरिभराउ हुन थालेका छन् । तर, अत्यधिक भीडले भने कोरोना महामारीको कहरलाई बिर्साइदिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर आएका पर्यटक पनि भीडबाट संक्रमण हुने हो कि भन्ने त्रासमा छन् । यता, पर्यटक आउन थालेपछि अन्तुमा रहेका होटल तथा होमस्टेहरुले सतर्कता अपनाइएको छ ।अन्तु डाँडाबाट सूर्योदय मात्र होइन, नेपाल र भारतका तराईका फाँट, भुटानका पहाडहरु, दार्जिलिंगका बस्ती र कञ्चनजंगा हिमालको दृष्यावलोकन गर्न सकिन्छ । अन्तुमा १२ महिना चिसो हुन्छ । छिनछिनमा मौसम परिवर्तन हुनु श्रीअन्तुको मुख्य विशेषता हो । त्यसैले पनि पर्यटक आकर्षित हुने गर्दछन् । तर, अन्तुमा घुम्न आउने पर्यटकहरुले अहिले स्वास्थ्य मन्त्रालयले वताएको न्युनतम स्वास्थ्यको मापडण्ड समेत पालना गरेको देखिँदैन । पर्यटकहरुको व्यवस्थापनामा सूयोदय नगरपालिकाले समयमै ध्यान नदिने हो भने महामारी फैलने खतरा भने बढेको छ । SUBSCRIBE : / news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews SUBSCRIBE: / news24tvchannel / nbcnepal https://www.tiktok.com/@news24np?lang=en SUBSCRIBE: / news24tvchannel / nbcnepal https://www.tiktok.com/@news24np?lang=en WEBSITE : WWW.NEWS24NEPAL.TV