У нас вы можете посмотреть бесплатно गोकुलगंगा गाउँपालिका / Gokulganga Rural Municipality или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गोकुलगंगा गाउँपालिका नेपालको बागमती प्रदेशअन्तर्गत रामेछाप जिल्लाको उत्तरपुर्व पहाडी भूभागमा अवस्थित प्राकृतिक र साँस्कृतिक रुपमा मनोरम सुन्दर गाउँपालिका हो । नेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तहको ब्यबस्था गरेअनुसार साबिक गाविस फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ वटा वडाहरु कायम गरि गाउँपालिका घोषणा गरिएको होे । २०७४ साल बैशाख ३१ मा भएको स्थानिय तहको निवार्चनमा गाउँपालिका अध्यक्षमा खडग बहादुर सुनुवार, उपाध्यक्षमा राधिका श्रेष्ठ (नेवार), वडा नं. १ चुचरेको अध्यक्षमा मणी कुमार लामा, वडा नं. २ ठोसेको अध्यक्षमा शेखरमान श्रेष्ठ, वडा नं. ३ रस्नालुको अध्यक्षमा, नर बिक्रम कार्की, वडा नं. ४ बेतालीको अध्यक्षमा देवराज कार्की, वडा नं. ५ नामाडीको अध्यक्षमा बलाराम खडका र वडा नं. ६ फर्पुको अध्यक्षमा चन्द्र बहादुर सुनुवार निर्वाचित भएका थिए । पहिलो पटक निबार्चित भएर आएका जनप्रतिनिधीहरु बाट चार बर्ष भित्र यस गोकुलगंगा गाउँपालिकामा के कस्ता बिकासका काम एबम गतिबिधीहरु भए, बिगतमा कस्तो थियो र अब के गर्न आबश्यक छ भन्ने बिषयमा तयार पारिएका बृत्तचित्र हो (चार बषमा गोकुलगंगा गाउँपालिका) । ग्लोबल कनेक्सन मिडिया प्रा. लि.को प्रस्तुती रहेको यस बृत्तचित्रको निमार्ण गोकुलगंगा गाउँपालिकाले गरेको हो । यस बृत्तचित्रको निर्देशन अमृत बहादुर सुनुवारले गरेका हुन । Produced by: Gokulganga Rural Municipality Presented by: Global Connectiton Media Pvt.Ltd Camera: Bijay Jirel Edit: Deepak Tamang Director: Amrit Sunuwar