У нас вы можете посмотреть бесплатно Ma Ta Hajur Ramechhap ko thito / Nepali song/ Naresh Lamichhane или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
म त हजुर रामेछापको ठिटो बोल्छु साह्रै मीठो मनभित्र माया बोकी हिँड्छु म त गाउँले ठिटो गाउँले छ चाल चलन, मनको छु धनी झुटो बोल्न जान्दिनँ, सत्य मेरो बानी रामेछापको ठिटो रे, सुन्दा त राम्रै मीठो बोली बोल्ने भन्या कत्तिको साँचै ? शहर पसेपछि फेरिन्छन् मान्छे गाउँ सम्झन्छौ कि बिर्सिन्छौ मलाई ? बिर्सिन्न म गाउँघर, बिर्सिन्न म माटो मादलको तालमै बद्लिदैन मेरो हिड्ने बाटो आमा–बाबुको सास, गोठालोको गीत मनदेखि बोलेको छु, मेरो मायालु त्यसो हो भने सुन, एउटा कुरा भन दुख पर्दा साथ दिन्छौ कि हुन्छौ गुमनाम ? माया त सबैले गर्छु भन्छन् यहि शब्द हुन्छ धेरैको ओठमा काम पर्दा चिन्दैनन नाता सम्बन्ध हजारौंको भीडमा दुख पर्दा भाग्दिनँ, साथ छोड्दिनँ रामेछापकि हुँ, बाचा तोड्दिनँ हातमा हात दिएर बाटो हिँड्छु सात जन्मसम्म पनि तयार छु माया दिन तिम्रो साथमा हिड्न सुन्दा त मन छोयो, बोलिमा दम छ माया तर संसार स्वार्थी छ, भ्रममा पार्छौ कि मायामा मायामा धोका पाएँ भने , आँखा रसाउछन होला त्यसैले हो ठिटो, मनैदेखी माया लाउदिन डर नमान मायालु, भरोसा गर मेरो मनको आँगनमा उज्यालो भर ढुंगेधाराको पानी जस्तै सफा दिनेछु माया झुटो सपना देखाउँदिनँ, यही मेरो प्रेमको कहानी यदि तिमी साँचो छौ भने , मनले बोले मेरो भाग्यमा पनि खुशीको बिहानी खोले गाउँ–शहर सँगै हिँड्ने सपना बुनौला रामेछापको माया सबैलाई सुनाउला म त हजुर रामेछापको चेली , बोल्छु साह्रै मीठो बोली मादलको तालमा नाच्छु रमाउछु तिम्रो साथमा डाँडा–पाखा गुञ्जियो मेरो जिन्दगी तिम्रो हातमा माया गर्ने मन छ, मेरो प्यारी तिम्रो साथमा रामेछापको ठिटोले मनै चोर्यो मीठो बोलीले मेरो हृदय खोल्यो अब त म पनि भन्छु सबैको माझमा यो माया साँचो रहेछ, ढुक्क भएँ आजै आऊ मायालु, हात समाऊ जीवनको बाटो सँगै रमाउ हाम्रो दोहोरी गाउँभरी घन्किनेछ रामेछापको बोलिले संसार सजिनेछ ल, ठिक छ प्रीय , म पनि तयार सुख–दुखमा सँगै यात्रा गर्ने कसम हजार सङ्गीत र समाजलाई साक्षी राखी यो माया अटल रहोस्, सधैको लागि म त हजुर रामेछापको ठिटो, बोल्छु साह्रै मीठो गाउँको माया सधैं रहि रहोस गहिरो लोक दोहोरी नै हाम्रो घर बनोस अनि पहिचान बनोस तिम्रो मेरो प्रेमको एक उदाहरण ......... ला ला ला ला .......... हा हा हा .......... Lyrics :- Naresh Lamichhane Singeing :- AI Special Thanks Bhuwan Chaulagain Kalyan Chaulagain Deependra Sonam Anup Mishra