У нас вы можете посмотреть бесплатно किताबका कुरा : प्रा. जर्ज भान ड्रिमसँग | Kitab Ka Kura with George van Driem | Episode 84 или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
किताबका कुरा : प्रा. जर्ज भान ड्रिमसँग | Kitab Ka Kura with George van Driem | Episode 84 भनिन्छ, शासकले जबसम्म आफ्नो बहुसांस्कृतिक समाजको ब्याकरण बुझ्दैन, तबसम्म देश कहिल्यै उँभो लाग्दैन। झन नेपालमा त १४२ वटा जातजाति बसोबास गर्छन् भने १२४ वटा भाषाभाषी बोलिन्छन्। राज्यले त विविधताको यस्तो गम्भीरतालाई झन बढी संवेदनशील भई बुझ्नुपर्ने हो। जब सांस्कृतिक विशेषता बुझ्न सकिन्न, बहुसांस्कृतिक समुदायमाझ साम्प्रदायिक सदभाव कसरी कायम राख्न सकिन्छ? कसरी एक-अर्काको भावना र आस्थाको संवेदनशीलता बुझ्न सकिन्छ? एक-अर्काको सांस्कृतिक मान्यताको बुझाइको कमीले अहिले पूर्वी पहाडमा विवाद चर्किदै गएको छ। राज्य र समुदायबीच चलेको द्वन्द्वले हिंसात्मक स्वरुप लिँदै गइरहेको छ। यो प्रसंग निकाल्नुको कारण हो, ‘अ ग्रामर अफ लिम्बू : बेस्ड अन दि फेदाप डायल्यूट अफ दि ओल्ड लिम्बू हर्टल्यान्ड।’ ३८ वर्षअघि ‘वेस्ट बर्लिन’ले प्रकाशित गरेको पुस्तकको मूल्इ करीब २२ हजार रुपैयाँ थियो। अहिले जगदम्बा प्रकाशन ललितपुरले छापेको नयाँ संस्करणको मूल्य दुई हजार रुपैयाँ छ भने ७२२ पृष्ठको छ। यो किताब पढेपछि पूर्वी पहाडमा राज्यसँग आफ्नो अस्तित्वका निम्ति लडिरहेको लिम्बू समुदायबारे बुझ्न सघाउ पुग्छ। यसका लेखक हुन्, जर्ज भान ड्रिम। उनले लामो समय लिम्बू गाउँमा बसेर अध्ययन त गरेका छन् नै, जीन परीक्षणको माध्यमबाट लिम्बूको उत्पत्ति र उनीहरूको इतिहासबारे पनि जानकारी बटुलेका छन्। भर्खरै बजारमा आएको पुस्तक ‘अ ग्रामर अफ लिम्बू : बेस्ड अन दि फेदाप डायल्यूट अफ दि ओल्ड लिम्बू हर्टल्यान्ड’ मा केन्द्रित भएर हिमालखबरको प्रस्तुति किताबका कुरामा उनै लेखक तथा भाषाविद् ड्रिमसँग गरिएको कुराकानी : अतिथि : प्रा. जर्ज भान ड्रिम अन्तर्वार्ता : जेबी पुन मगर भिडिओ : सुमन नेपाली र अजय हाकजू सम्पादन : राज यादव ~~~ ~~~ ~~~ हिमालखबरका थप सामग्रीका लागि: फेसबुक : / himalkhabar ट्वीटर : / himal_khabar इन्स्टाग्राम : / himalkhabar टिकटक: / himalkhabar थ्रिड: https://www.threads.net/himalkhabar पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar हिमालखबर: https://www.himalkhabar.com/ #GeorgevanDriem #agrammaroflimbu #writer #nonfiction #interview #books #booktok #himalkhabar #himalmedia #nepal