У нас вы можете посмотреть бесплатно Manakamana Temple / Cable Car / Manakamana fulbari Resort / Evening Time Puja, Part 1 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Manakamana Temple, Cable Car, Manakamana fulbari Resort, Evening Time Puja, Kurintar, 98.5 KM from Kathmandu, Kalanki (2023-01-27 Friday) शुक्रवार: संध्याकालीन मा हामीले पुजा गर्दा राम्रो दर्शन / पुजा भयो र लाईन त छदै छैन ! साझ करिब ६ बजे तिरको आरति अर्को पार्ट-२ मा हेर्नु होला ! शनिवार: मनकामना मन्दिरमा बिहान पुजा गर्दा को अवस्था निकै लामो लाईन र भिडभाड ! शनिवार: कुरिनटार बाट मनकामना केबर कारमा बस्न मात्र २ घण्टा लाईन बस्नु पर्ने अबस्था देखिन्छ अन्दाजी ! कुरिनटार, केबुलकारबाट करिब ८-१० मिनेटमै मनकामना मन्दिर पुग्न सकिन्छ। # पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ३/४ घन्टाको उकालो हिँडेर मनकामना मन्दिर पुग्न सकिन्छ। साथै आबु खैरेनिबाट गोरखा तर्फ अबुवा भन्ने ठाँउबाट मनकामना सम्म मोटर बाटो पुगेको हुदा मोटरबाट पनि जान-आउन सकिन्छ। अबुवाबाट लुदिखोला, बेलबोटे, खहरेगाउ, भोगटेनी, गाल्धुक हुदै ढाडबारी बसपार्क पुगिन्छ। सुन्तला बगैचाको बिचमा रहेको बसपार्कबाट मन्दिरमा पुग्न ५ मिनेट लाग्छ। हाल् आएर त्यो मोटरबाटो मनकामना केबलकार नजीकै पुगेको हुदा २/३ मिनेटमा नै पुग्न सकिन्छ। मनकामना मन्दिर गोरखाको एक महत्त्वपूर्ण देवी स्थान शक्ति पीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जन विश्वास छ। दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिर को पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ। पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराय पछि यहिं आएर लखन थापा मगरले देवि लाई बलि भेट गरेको थाह पाइन्छ। ठेगाना: मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ । यस Vlog & लेख पढी / हेरी दिनु भएको धन्यवाद !🙏 कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद ! Please visit: "The Dangol Family" Youtube Channel बद्रि डंगोल तथा डंगोल परिवार 🙏! 2023-01-27 Friday