У нас вы можете посмотреть бесплатно विद्युत भनेको के हो?,विद्युत कति प्रकारको हुन्छ?,के-के हुन् или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
विद्युत भनेको के हो (What is Electricity) विद्युत वा बिजुली एउटै कुरा हो शब्द मात्र फरक हो । पदार्थकको अति नै सुक्ष्म कण इलेक्ट्रोनहरुको बगाइ नै विद्युत हो । कुनै घर्षण विधि, रासायनिक बिधि र यान्त्रिक विधिबाट उत्पन्न भएको बल र चाप (Force and Pressure) लाई विद्युत भनिन्छ, अर्थात् स्वतन्त्र इलेक्ट्रोनको गति (Electrons Motion) लाई विद्युत (Electriciry) भनिन्छ संसारमा उपलब्ध हुने ताप शक्ति, प्रकाश शक्ति, हवा शक्ति जस्तै विद्युत पनि एक प्रकारको शक्ति नै हो । विज्ञानको अनुसार विद्युत केवल इलेक्ट्रोनको बहावमात्र हो । यसको बहावलाई देख्न सकिँदैन तर महसुस गर्न सकिन्छ । जब सुचालक तारमा इलेक्ट्रोनहरू एक छेउबाट अर्को छेउ बहन्छ, तब के भनिन्छ भने सुचालक तारमा विद्युत धारा (Current) बगिरहेछ । विद्युत २ प्रकारको हुन्छ १) स्थिर विद्युत (Statics Electricity) २) प्रवाहित विद्युत (Current Electricity) १) स्थिर विद्युत (Statics Electricity) जुन विद्युतलाई उत्पादन गरेको ठाउँबाट अर्को ठाउँसम्म सजिलैसंग पुऱ्याउन तथा लान सकिदैन भने त्यस प्रकारको विद्युतलाई स्थिर विद्युत (Statics Electricity) भनिन्छ । यो विद्युत कुनै पनि कामको लागि उपयोगी छैन । यो विद्युत जुन ठाउँमा उत्पादन हुन्छ त्यसको गुण (बल र चाप) त्यही ठाउँमा मात्र सिमित रहन्छ अन्यत्र लैजान सकिदैन यसलाई Non Moveable Electrical Energy भनिन्छ यस प्रकारका विद्युतबाट हामीले बिजुली बत्ती बल्न सकिदैन । यो विद्युत दुई वस्तु विचको घर्षण बाट उत्पन्न हुन्छ । जस्तै : : कपालमा काइयो ले कोर्दा वा काचको छड रेसमको कपडामा रगड्दा (घर्षण गर्दा) उत्पन्न हुने विद्युत ) घर्षण विद्युतबाट उत्पन्न भएको विद्युतको इलेक्ट्रोनहरु स्थिर अवस्थामा रहन्छ । २) प्रवाहित विद्युत (Current Electricity) जुन विद्युतलाई उत्पादन गरेको ठाउँबाट अर्को ठाउँसम्म सजिलैसंग पुऱ्याउन तथा लान सकिन्छ भने अर्थात जुन विद्युतको इलेक्ट्रोन गतिशिल हुन्छ, भने त्यसलाई प्रवाहित तथा करेन्ट विद्युत (Current Electricity) भनिन्छ । यसलाई Moveable Electrical Energy भनिन्छ । यस प्रकारको विद्युतबाट विजुली बत्ती बाल्न सकिन्छ । यो विद्युत रासयनिक क्रिया र यान्त्रिक क्रिया बाट उत्पन्न हुन्छ । यस किसिमको क्रियाबाट उत्पन्न भएको विद्युतको इलेक्ट्रोनहरु गतिशिल (Dynamic) हुन्छ । त्यसैले यस किसिमको विद्युतलाई Electro Dynamics or Current Electricity भन्ने गरिन्छ । यो विद्युत मानव विकासमा निकै उपयोगी सिद्ध भएको छ । video राम्रो लाग्यो भने भिडियोलाई like share and subscribe गर्दिनुहोला #basicelectrical #ctevt #fan #electrical #table fan #Nt critave #electrical guru #Samar experiment