У нас вы можете посмотреть бесплатно किताबका कुरा : सुरेश ढकालसँग | Kitab Ka Kura with Suresh Dhakal | Episode 77 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
किताबका कुरा : सुरेश ढकालसँग | Kitab Ka Kura with Suresh Dhakal | Episode 77 मानवजातिको आदि पुर्खा करीब २० लाख वर्ष पहिले आफ्नो मूलथलो अफ्रिकी घाँसे मैदान छोडेर बाहिर निस्किएका थिए। आधुनिक मानव वा वर्तमान मानव प्रजातीको पुर्खाहरू भने दुई लाख ७० हजारदेखि दुई लाख १५ हजार वर्षअघि अफ्रिकाबाट अन्यत्र फैलिएको देखिन्छ। जनसंख्या वृद्धि हुँदै गएपछि अफ्रिकाबाट हिडेको मान्छेले बिस्तारै पृथ्वीलाई उपनिवेश बनाउने उपक्रम प्रारम्भ गर्यो। मानवशास्त्रीहरूले पुरातात्त्विक, भाषिक र जिनोम अध्ययनबाट प्राप्त गरेका तथ्य केलाउँदै मान्छेको प्राग ऐतिहासिक कालखण्डलाई विभिन्न तहमा विभाजन गरेर हेर्ने गरेका छन्। सम्पूर्ण चराचर जगतका प्राणी र वनस्पतिलाई पछाडि छाड्दै पृथ्वीलोकमा शासन गर्दे आइरहेको मान्छेले अहिलेको कालखण्डसम्म आइपुग्दा अन्य ग्रहमा समेत हैकम जमाउने हैसियत बनाइसकेको छ। मान्छेले यो अद्भुत क्षमता कहाँबाट र कसरी आर्जन गर्यो? अध्येताहरूले यसमा मनग्गे माथापच्ची गरिसकेका छन्। मानवशास्त्रीहरूको भनाइमा मान्छेले जुन दिनदेखि अस्त्र बनाउन र कल्पनाशीलता प्रयोग गर्न जान्यो, त्यहि दिनदेखि उसले अन्य प्राणीलाई पछाडि छाड्दै गयो। त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्राध्यापक सुरेश ढकालले मान्छेमा यो चेत पलाएको समयकाल आजभन्दा करीब २० देखि २५ लाख वर्ष पुरानो भएको हालसालै बजारमा ल्याएको पुस्तक ‘इतिहासअघिको इतिहास’मा उल्लेख गरेका छन्। मानवशास्त्री ढकाल भन्छन्, “तैपनि मान्छे शासक मात्र होइन, विनाशक पनि हो।” मान्छे जति जति फैलदै गयो, त्यति त्यति उसले स्थानीय वातावरण अनुरुप आफ्नो स्वरुप परिवर्तन गर्दे लग्यो। त्यो अनुरुप मान्छेको संरचनागत विविधता पनि बढ्दै जान थाल्यो। १० देखि १२ हजार वर्ष अघि गरेको कृषी क्रान्तिले मान्छेको जिवनशैलीमा कायापलट नै आयो। उत्पादन प्रणाली विकास गर्न थालेपछि घुमन्ते मान्छेले बस्ती बसाउन थाल्यो। सम्पत्तिको जोहो गर्न सिक्यो। परिवार संगठित गर्न थाल्यो। नीजि सम्पत्तिको प्रचलन प्रारम्भ भयो। श्रम विभाजन शुरू भयो। सगोल मान्छेको एउटा भौगोलिक सीमांकन सहितको थातथलो निर्माण हुन थाल्यो। मान्छे झन झन बढी शक्तिशाली हुँदै गयो र उसले सबैतिर एकाधिकार कायम गर्दै गयो। बिस्तारै मान्छे स्वार्थी बन्दै गयो। पाँच हजार वर्षअघि लेख्य परम्परा प्रारम्भ भएपछि मान्छेमा सत्ता र शक्तिको भोक झनझन बढ्दै गएको देखिन्छ। त्यसपछि शक्तिशाली मान्छेले निर्धा मान्छेमाथि शोषण र दमन बढाउदै लग्न थाल्छ। त्यसका निम्ति आफ्ना गौरवगान गर्ने इतिहास रच्न थाल्छ। शासकले इतिहास लेखाउन थाल्छन्। टाठाबाठाद्वारा लेखाइएका यस्ता इतिहासका माध्यमबाट विभेद् र शोषण बढ्दै जान्छ। शासकले यसलाई धर्मग्रन्थको रुपमा प्रचारित गर्छ। यस्तो चेतले आधुनिक विश्वलाई रक्तरञ्जित बनाउने काम गर्छ। युरोपभरी जातीय उन्मादबाट फैलिएको हिंसाले लाखौ मान्छेको ज्यान लिन्छ। भारतीय उपमहाद्विपमा पनि त्यहि सिको गर्दे फैलिएको जात व्यवस्थाले मानव समाजलाई त्राहीत्राही बनाउँदै लगिरहेको छ। ४०० वर्ष अघिदेखि फैलिएको यो रोग अहिलेसम्म निरन्तर चलिरहेको छ। किताबमा मानवशास्त्री ढकाल लेख्छन्, ‘लिखित इतिहासले ढाँट्छ, प्राज्ञ इतिहासले ढाँट्दैन।’ ढकाल आधुनिक राज्यको अवधारणासँगै आएको पुँजिवादले जातिवादलाई झन बढी संस्थागत गर्दै विभेदलाई झन संस्थागत गर्दे लगेको बताउँछन्। यसमा प्राज्ञिकहरू पनि दुरुपयोग हुँदै आइरहेको ठान्ने ढकालले किताबमा लेखेका छन्, ‘इतिहासलाई भ्रमित पार्ने, आफ्नो स्वार्थ अनुरुप नहँुदा विस्थापित गर्ने र आफू अनुकूलको विगत निर्माण गर्ने चरित्र राजनीतिक र प्राज्ञिक दुवै दृष्टिकोणबाट खतरनाक विचलन हो। तर, यथार्थमा त्यस्तो भइरहेको छ।’ चराचर जगतको शासक जाति मान्छेले जति बढी ज्ञानमाथि पहुँच प्राप्त गर्दै गईरहेको छ, त्यति नै बढी निर्मम बन्दै गइरहेको देखिन्छ। के त्यसो भए २० लाख वर्षको यत्रो लामो सभ्यता छिचोल्दै आएको मान्छे झन झन संकिर्ण र स्वार्थी हुँदै गइरहेको हो त? हिमालखबरले मानवशास्त्री ढकाललाई यी र यस्तै प्रश्नको सेरोफेरोमा रहि कुराकानी गरेको छ। ढकालको पुस्तकले प्राग ऐतिहासिक कालखण्डको कथा बुनेको भए पनि हामीले आधुनिक इतिहासले अहिले पारिरहेको प्रभावमाथि पनि कुराकानी गरेका छौं। चार महीनामै ‘सोल्डआउट’ भइसकेको यो पुस्तकमा केहि अध्याय थपथाप गरि दोस्रो संस्करणको तयारी भइसकेको सन्दर्भ पारि हिमालखबरको प्रस्तुति किताबका कुरामा मानवशास्त्री ढकालसँग गरिएको कुराकानी : अन्तर्वार्ता : जेबी पुन मगर क्यामेरा : सुमन नेपाली सम्पादन : राज यादव ~~~ ~~~ ~~~ हिमालखबरका थप सामग्रीका लागि: फेसबुक : / himalkhabar ट्वीटर : / himal_khabar इन्स्टाग्राम : / himalkhabar टिकटक: / himalkhabar थ्रिड: https://www.threads.net/himalkhabar पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar हिमालखबर: https://www.himalkhabar.com/ #sureshdhakal #history #booktok #human #humanhistory #nonfiction #interview #books #booktok #himalkhabar #himalmedia #nepal