У нас вы можете посмотреть бесплатно मेरी आमा,Meri aama ,New Nepali song,ai song,2025 song, writer sirjana Rai или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
New nepali song, ai song,2025 song,Mero aama आमा.... मेरी आमा घाम पानी नभनी संघर्ष गरेउ आमा, आफूलाई बिर्सिएर मलाई दियौँ माया, मेरो भोको पेटको पीडा बुझी, आफू भोकै बस्ने मेरी आमा। घामले पोल्दा, वर्षाले भिज्दा, सपना बोकी हिँड्यौ नाङ्गा खुट्टाले, मेरो भोलिको उज्यालो भविष्यको।लागि, आफ्ना सपना चाहना बिर्स्यौ आमा। आमा… तिमी भगवान् भन्दा माथि छौ, मेरो हरेक सासमा तिमी नै छौ। आमा… तिमी मौन पूजा हौ, तिमी मेरो संसार हौ। मैले पहिलो शब्द बोल्नु अघि, तिमीले हजार शब्द चुपचाप सँहयौ मेरो पहिलो पाइला अघि, तिमीले हजारौं काँडामा पन्छाइ दियौँ हिजो मेरो जुत्ता च्यातिएको देख्दा, नयाँ जुत्ता मेरो, पुरानो तिम्रो भयो, मेरो हाँसोको लागि,मेरो खुसी को लागि तिम्रो पीडा सधैँ मौन रह्यो। आमा… मेरी आमा तिम्रो माया सागर हो, डुबेर पनि कहिल्यै नडुब्ने किनार हो। आमा… तिम्रो त्याग कथा होइन, यो त मेरो जीवनको आधार हो। अरूले चाडपर्वमा नयाँ कपडा लगाउँदा, तिमीले पुरानैमा खुशी खोज्यौ, मेरो भविष्य उज्यालो होस् भनी, आफ्नो वर्तमान अन्धकार रोज्यौ। छोराछोरी ठूला हुँदै जाँदा, तिम्रो शरीर थाक्दै गयो, तर तिम्रो माया कहिल्यै थाकेन, बरु झन् गहिरिँदै गयो। यदि संसारले मलाई सोध्यो भने, मेरो शक्ति कहाँबाट आयो भनेर, म गर्वका साथ भन्छु— यो त मेरी आमाको आँसुबाट बन्यो भनेर। तिमी नभए म को हुन्थेँ, मेरो नाम, मेरो अस्तित्व के हुन्थ्यो? तिमीले दिएको जीवनको ऋण, सात जन्ममा पनि तिर्न सकिँदैन आमा। आमा… तिमी स्वर्गको ढोका हौ, जहाँ पुगेपछि संसार बिर्सिन्छ। आमा… तिमी माया मात्र होइन, तिमीमा भगवान् मुस्कुराउँछ। आज म उभिएको छु समाजमा, नाम र मान केही कमाएको छु, तर यो शिखरमा पुग्नुअघि, तिमीले कति चोट सहनुपरेको छ, मलाई थाहा छ। मेरो सफलतामा ताली बज्दा, तिम्रो मौन प्रार्थना सम्झन्छु, मेरो हरेक जितको पछाडि, तिम्रो त्यागको इतिहास देख्छु। आमा… यदि समय फर्काउन पाए, तिम्रो काखमै सधैँ सुत्थेँ, तिम्रो आँखा भिज्ने हरेक क्षण, मेरो आँसुले सुखाइदिने थिएँ। यो गीत होइन केवल शब्दको माला, यो त सन्तानको आत्मस्वीकार हो, आमा… तिमी नै मेरो पहिलो माया, अन्तिम श्वाससम्मको अधिकार हो। आमा… तिमी छौ भने संसार छ, तिमी बिना सबै सुनसान छ। आमा… हजार शब्द कम हुन्छ, तिम्रो त्यागको बयान गर्न आज पनि। आमा .. मेरी आमा