У нас вы можете посмотреть бесплатно के 'मोदीको हार' पछि नेपालसंग बिग्रिएको भारतीय सम्बन्ध सुधारिएला ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्री पद ग्रहण गरेपनि यसपालिको चुनावमा उनको नेतृत्वमा रहेको भाजपा नराम्ररी हार्न पुगेकोछ । दुई तिहाई लिई संविधान संशोधन गरि 'हिन्दु राष्ट्र घोषणा र आरक्षण प्रणाली संशोधन' गर्ने भाजपाको माउ संगठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस)को नीति चकनाचूर हुनपुगेकोछ । त्यसैले मोदी सत्तासीन भएपनि यो उनको जित नभई 'करारा' हार हो भनि अर्थ्याउदछु, म । धर्म राजनीति गरि समाजलाई बिखण्डनतर्फ धकेल्न दश बर्ष अभ्यास गरेका मोदीका निम्ति यस्तो घृणाको राजनीति प्रत्युत्पादक साबित भएकोछ । रामन्दिर निर्माणस्थल अयोध्यामै 'अछुत' भनि मन्दिर प्रवेशमा रोक लगाउने भाजपाका उम्मेदवारलाई समाजवादी पार्टीका दलित उम्मेदवारले हराईदिएकाछन् । हिन्दुत्व राजनीतिको केन्द्र मानिएको उत्तर प्रदेशमै भाजपाको नराम्ररी हार भएकोछ । २०१९ मा करिब पाँच लाख मतको अन्तरले बिजयी भएका मोदीलाई यसपालि बनारस, यूपीका जनताले डेढ लाख मत मात्र बढी दिई जिताएकाछन् । तपाईंले ट्रयाक रेकर्ड हेर्नु भो भने यो चुनाव मोदीको राजनीतिक करियरमै सबैभन्दा लज्जास्पद हारको रुपमा दर्ज हुन गएकोछ । सत्ता, पैसा, शक्तिको अधिकतम दुरुपयोग गरि चुनावमा उत्रिएको भाजपालाई जनताले स्पष्ट बहुमत पनि दिएका छैनन । त्यसैले शक्ति उन्मादमा तानाशाह बन्दै गएको मोदीका निम्ति यो अंकगणित निकै दुखदायी हुन पुगेकोछ । यसपालि मोदीलाई सरकार चलाउन सहज हुनेछैन । धर्मको राजनीति गर्ने उनलाई दुई सहयात्री दलका नेताद्धय ( नितिश कुमार र चन्द्रबाबु नायडु) जो दुबै धर्मनिरपेक्षताबादी हुन्, सहकार्य गरि सरकार जोगाउनु परेकोछ । राहुल गान्धीको नेतृत्वमा यसपालि दमदार प्रतिपक्ष संसदमा उपस्थित भएकोछ । त्यसमाथि मोदी र उनका रणनीतिकार गुजराती गृहमन्त्री अमित शाहको कार्यशैलीबाट असन्तुष्ट आरएसएससंग मिलापत्र गर्नुछ । छिमेकमा मात्र नभई बिश्वस्तरमा पनि मोदी त्याज्य हुदैं गइरहेकाछन् भन्ने दृष्टान्त त उनको पहिलो बिदेशभ्रमण (इटली) मा देखिइसकिएकोछ । त्यसैले भनेको हुँ मोदी यसपालि कमजोर हुन गएकाछन् । मोदी सत्तामा आएपछि बिग्रदै गएको नेपाल भारत सम्बन्ध के कमजोर मोदीको नेतृत्वमा बदलिएला त ? के भारतको नेपाल नीतिमा सकारात्मक परिवर्तन होला त ? त्यो सम्भावना कम देखिन्छ । सरकारमा बिदेश नीति 'डिल' गर्ने पुरानै ब्यक्तिहरु दोहोरिएकोले यस्तो अनुमान लगाउन सकिन्छ । तर एउटा खुशी मान्नुपर्ने तथ्य के हो भने मोदीको नेतृत्वमा भाजपा कमजोर भएपछि उसले नेपालमा सल्काउन लागेको धर्म अर्थात घृणाको राजनीति कमजोर हुन पुग्नेछ । मोदी कमजोर भएको मौकामा हामीले आफ्नो पक्ष राख्नसके दुई पक्षीय सम्बन्धमा पनि सुधार आउन सक्ने सम्भावना पनि छ । तर यो सबै हाम्रा नेताहरुको आत्मबिश्वासमा पनि निर्भर छ । हो, यहि बिषयमाथि हामी ( म, कनकमणि दीक्षित र सुधीर शर्मा) ले राजधानीका प्रवुद्ध ब्यक्तित्वहरुमाझ भारतीय चुनाव र त्यसको नेपाल प्रभावमाथि अन्तर्क्रिया गरेकाथियौं । त्यहाँ के के बहस भए ? भिडिओमा हेर्नुहोला, सुन्नुहोला । भिडिओ सौजन्यका निम्ति हिमालखबर डटकमका सम्पादक सन्त गाहा मगरलाई धन्यवाद । भारतीय चुनावको स्थलगत रिपोर्टिङ सम्बन्धि मेरा आलेख तलका लिङ्कमा पढ्नोस्– भारतमा भाजपा होइन, घृणाको राजनीति हार्यो https://nepalkhabar.com/opinion/20308... मोदी राजमा ‘जय सीयाराम’ होइन, ‘जयश्रीराम’ : बिथोलियो ‘ट्रयाक टु’, बिग्रियो ‘खुनको सम्बन्ध’ https://nepalkhabar.com/magazine/2022... नयाँ सरकारले अग्निपथ खारेज नगरे भारत–नेपाल रणनीतिक सम्बन्ध भत्कन्छ : अशोक मेहता (अन्तर्वार्ता) https://nepalkhabar.com/interview/200... नेपाली गोर्खाबिनाको ‘अग्निपथ’ भारतमा शीर्ष चुनावी मुद्दा, ४ जुनले निर्धारण गर्नेछ भविष्य https://nepalkhabar.com/politics/2001... बिहारका विधायकसँग अन्तर्वार्ता : हिन्दुराष्ट्र बनाउन खोज्दा भारतले नै नेपालसँग सम्बन्ध बिगार्यो https://nepalkhabar.com/interview/199... बिहारमा चलेको ‘तातो हावा’ले खोल्न सक्छ दिल्लीको राजनीतिक परिवर्तनको ढोका https://nepalkhabar.com/politics/1995... बेलायतमा खुलेको कोभिसिल्ड भ्याक्सिनको रहस्यले भारतमा हंगामा, मोदीको चुनावी अभियानमा धक्का https://nepalkhabar.com/politics/1993... पवन चाम्लिङको पार्टीका प्रवक्तासँग अन्तर्वार्ता : यसपालि सिक्किममा ५ वर्षमै सरकार बदलिँदैछ https://nepalkhabar.com/interview/198... गोर्खाल्यान्डको मृगतृष्णामा यसपालि पनि मोदीकै शरणमा दार्जिलिङका नेपालीभाषी https://nepalkhabar.com/politics/1986... #narendramodi #indianelection2024