У нас вы можете посмотреть бесплатно निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको हो । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को निर्वाचन कार्यालयले सरोकारवालाहरुसंग निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा आसन्न फागुन २१ को निर्वाचनका बिषयमा सरोकारवालाहरुलाई जानकारी गराइएको हो । त्यस्तै,निर्वाचन सम्पन्न गराउने सम्बन्धमा सम्बन्धित राजनैतिक दल,उम्मेदवार तथा सरोकारवाला सबैले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रुपले पालना गरि शान्तिपूर्ण रुपमा,स्वच्छ,भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने गराउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचारप्रसार बैक खाता संचालन तथा व्यवस्थापन कार्यबिधी २०८२ बमोजिम उम्मेदवारहरुले यथासिघ्र बैक खाता खोली संचालानार्थ जानकारी गराउने निर्णय समेत भएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिको आयोजनामा भएको कार्यक्रममा आसन्न फागुन २१ गतेको निर्वाचनमा काठमाडौं – ९ का लागि उम्मेदवारी दिएका वा उनीहरुका प्रतिनिधीको सहभागिता थियो ।साथै, नेपाली सेना,नेपाल प्रहरी,स–शस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धानका प्रतिनिधी सहित ४ वटै सुरक्षा निकायका प्रतिनिधीको सहभागिता रहेको थियो । कुल ७८ हजार ४ सय ९५ मतदाता रहेको काठमाडौं ९ मा ४० हजार २ सय ७८ महिला र ३८ हजार २ सय १७ पुरुष मतदाता रहेका छन । काठमाडौं ९ मा ३४ वटा मतदान स्थल रहेको छ भने ९० मतदान केन्द्र रहने छ । दलिय र स्वतन्त्र गरि २४ उम्मेदवार चुनावी मैदानमा रहेकाछन ।