У нас вы можете посмотреть бесплатно Pale blue dot / फिक्का नीलो बिन्दु / फिक्का नीलो बिन्दु или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मानिसले आफूलाई एकदम विशेष, माहान सोच्ने गर्दछ। यो ब्रह्माण्डमा के हामी त्यति विशेष, माहान छौ त भन्ने बारे प्रोफेसर र वैज्ञानिक कार्ल सेगनले आफ्नो किताब 'पेल ब्लू डट'मा गम्भीर सँग बताउनुहुन्छ। अन्तरिक्षको अनुसन्धानका लागि , स न , १९७७ सेप्तेम्बेर ५ मा पठाइएकोअंतरिक्ष यान -भोएजर-१ जुन अहिले पनि अन्तरिक्षमा यात्रा गरिरहेको छ, जब यो पृथ्वीबाट लगभग ६ अर्ब ४० लाख -किलोमिटर टाढा थियो ,कार्ल सेगनकै सल्लाहमा केहि समयका लागि यस भोएजर-१ लाई पृथ्वीतिर फर्काएर पृथ्वीको फोटो खिच्दा हाम्रो पृथ्वी यस्तो 'पेल ब्लू डट' देखिएको थियो।यो फोटो देखे पछि कार्ल सेगन यस्तो लेख्छन, त्यो बिन्दुमा पुनः एक पटक हेर्नुहोस्। यो यहीँ छ। त्यो हाम्रो घर हो। त्यो हामी हौँ। तपाईँले माया गर्नुभएका सबै, तपाईँले चिन्नुभएका , तपाईँले अहिले सम्म सुन्नुभएका सबै, हरेक मानिस जो कुनै समयमा यहा थिए, तिनीहरू सबैले यहा आफ्नो जिबन बिताए। हामी सबै को एक मुष्ट सुख र दुख, हजारौँ आस्थामूलक धर्म,विचारधारा र आर्थिक सिद्धान्तहरू, प्रत्येक शिकारी र सिकारहरु,प्रत्येक वीर र कायर,प्रत्येक सभ्यताको सृष्टिकर्ता र विनाशकर्ता, प्रत्येक राजा र प्रजाहरु, हरेक प्रेममा रमाउँदै गरेका युवा-युवती, हरेक आमाबुवा, आशावादी सन्तान, आविष्कारक र अन्वेषक, नैतिकता सिकाउने हरेक शिक्षक,हरेक भ्रष्ट राजनीतिज्ञ, हरेक "सुपरस्टार", "सर्वश्रेष्ठ नेता", हाम्रो मानव इतिहासका हरेक सन्त र पापी, त्यहाँ बसे - यो ब्रह्माण्डको ,यो प्रकासको किरणमा एउटा धूलोको कणमा झुल्दै। पृथ्वी यो विशाल ब्रह्माण्डीय मञ्चमा एउटा निकै सानो अंश हो। एक पटक सोच्नुहोस् त, ति राजाहरू र सिपाहीहरूले आफ्नो विजय, महिमाको लागी बगाएको रगतको खोलाहरू, जसले उनीहरू केहि क्षणका लागि यस बिन्दुको मालिक बन्न सकुन। एक पटक ति अन्तहिन नरसंहारहरु बारे सोच्नुहोस् त, एक पटक ति अन्तहिन नरसंहारहरु बारे सोच्नुहोस् त, यस थोप्लोको एउटा कुनाका बासिन्दाले, अर्को कुनामा बस्ने आफूजस्तै बासिन्दामाथि कति गलत दृष्टि राख्दथिए, तिनीहरू एकअर्कालाई मार्न कति उत्सुक थिए, तिनीहरूको घृणा ज्वालामुखी जस्तो थियो। हाम्रो दम्भ, हाम्रो काल्पनिक महत्वाकाङ्क्षा, यो ब्रह्माण्डमा हाम्रो विशिष्ट स्थान छ भन्ने भ्रम, सबै लाई यो पहेँलो प्रकाशको बिन्दुले चुनौती दिएको छ। हाम्रो ग्रह, ब्रह्माण्डको यो अन्न्धकारमा एक सुस्म जिल्का को कण मात्र हो। यो विशालतामा, हाम्रो कुनै अज्ञातता र अस्पष्टता मा, हामीलाई आफैंबाट बचाउनको लागि अरू कतैबाट मद्दत आउने कुनै संकेत छैन। आजको समयसम्म पृथ्वी मात्र एक ग्रह हो जुन जीवनको लागि परिचित छ। निकट भविष्यमा नै, हाम्रो प्रजातिहरू बसाइँ सर्न सक्ने कहिँ कतै कुनै संसार छैन। भ्रमण गर्न सकिएला, बसोबास गर्न अझै सकिँदैन। मनपराउनुहोर वा मन नपराउनुहोस, यो क्षणको लागि पृथ्वी मात्र एक स्थान हो, जहाँ हाम्रो अस्तित्व बाचेको छ। भनिन्छ, खगोलशास्त्र एउटा विनम्रता र चरित्र निर्माण गर्ने अनुभव हो । मानवीय अहंकार , अज्ञातता , मूर्खतालाई प्रस्ट संग देखाउन, टाढा बाट खिचेको यो हाम्रो सानो संसार को तस्बिर भन्दा शायद अरू कुनै उत्कृष्ट प्रमाण छैन होला । मलाई लाग्छ, यसले हामीलाई एक अर्काप्रति बढी दयालु हुन र हाम्रो एकमात्र घर - यो निलो खगोलीय कण “pale blue dot “ लाई संरक्षण र कदर गर्न अझ धेरै जिम्मेवारी बनाउछ। कार्ल सेगन, पेल ब्लू डट, १९९४ 📌 Follow me on social media for more content: 👉 Instagram: / dr_pariyar 👉 Facebook: / rameshblog 👉 TikTok: / dr_pariyar 👉 website: www.rameshpariyar.com #paleblue #palebluedot #carlsagan #voyager #earth