У нас вы можете посмотреть бесплатно खाग или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"खाग" नेपाली चलचित्र २०५८-२०६३ सालसम्म नेपालमा चर्केको राजनीतिक द्वन्द्वका कारण चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको अत्यधिक चोरी शिकार भई गैँडा लोप हुनबाट जोगाएर गैँडाको "शून्य शिकार वर्ष" मनाउन कसरी सफलता हासिल भयाे भन्ने गैँडा संरक्षणको सफलताको कथा हाे । याे चलचित्र चितवन राष्ट्रिय निकुञ्जमा गैँडाकाे चाेरी शिकार विरुद्धको अभियानको अनुभवमा आधारित "गैँडालाई चार वर्ष" पुस्तकमा आधारित छ । यो पुस्तक चितवन राष्ट्रिय निकुञ्जमा गैँडा बचाउने संघर्षमा लेखकले के पत्ता लगाए, के गरे, वास्तवमा के भयो भन्ने विवरण हो । कमलजंग कुँवर विगत तीन दशकदेखि नेपालमा वन, वन्यजन्तु र वातावरण संरक्षणको क्षेत्रमा सक्रिय छन् । सन् २००२ मा चितवन राष्ट्रिय निकुञ्जमा सिकारीहरूले कम्तीमा ३७ गैँडा मारिएका थिए। सन् २००३ देखि २००७ सम्म चितवन राष्ट्रिय निकुञ्जको सहायक वार्डेन तथा चाेरी सिकार नियन्त्रण एकाईको प्रमुखको पदमा रहँदा उनलाई गैँडा संरक्षणको जिम्मेवारी दिइएको थियो । त्यसपछि वर्षैपिच्छे गैँडाको शिकारमा उल्लेख्य कमी आएको थियाे । त्यसपछि उनले सन् २००७ को मार्च २००७ देखि अगस्तको तेस्रो सातासम्म कार्यवाहक प्रमुख वार्डेनको रूपमा कार्यरत रहदाँ एउटा पनि गैंडाकाे चाेरी सिकार भएन । अन्ततः अटल प्रतिबद्धता, धैर्यता, निरन्तरता, र आफ्ना गल्तीहरूबाट पाठ सिकेर शून्य चाेरी सिकारको सपना पूरा गरे। सन् २०१३ देखि २०१५ सम्म उनले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा प्रमुख संरक्षकको रुपमा कार्यरत रहदाँ नेपालले सन् २०१३ र २०१५ मा गैँडाको शून्य सिकार वर्ष मनाएको थियो।