У нас вы можете посмотреть бесплатно गोरखा आइडियल स्कुलमा ‘बाल प्रस्तुति तथा अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न लालमटिया или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गोरखा आइडियल स्कुलमा ‘बाल प्रस्तुति तथा अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न लालमटिया, दाङ । #gorkha #gorkhaideal #cps_cprs #gorkhatik माघ २०८२ दाङको राप्ती गाउँपालिका–२, लालमतियास्थित गोरखा आइडियल स्कुलमा पूर्व–प्राथमिक तथा प्राथमिक तहका विद्यार्थीहरूको एक दिने विशेष ‘सिपिएस र सिपिआरएस’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार आयोजित उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका बालबालिकाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले नाटक तथा गीतका माध्यमबाट ट्राफिक नियमको पालना, जंक फुडका नकारात्मक असर र लामखुट्टेबाट बच्ने उपायजस्ता जनचेतनामूलक प्रस्तुतिहरू दिएका थिए। बालबालिकाको सिर्जनशीलता र व्यावहारिक ज्ञानको उपस्थित एक हजार भन्दा बढी विद्यार्थी र अभिभावकहरूले उच्च प्रशंसा गरे। कार्यक्रममा गोरखा ग्रुपका मानव संसाधन प्रबन्धक उत्तम घिमिरेले अभिभावकहरूलाई विशेष सुझाव दिँदै भन्नुभयो, "बच्चाहरूले घरमा तपाईँले भनेको मान्दैनन् भने गाली नगर्नुहोस्। यदि तपाईँले भने जस्तै मात्र बनाउन खोज्नुभयो भने उनीहरू तपाईँभन्दा फरक र उन्नत हुन सक्दैनन्। आफूभन्दा उत्कृष्ट बनाउन उनीहरूलाई फरक तर राम्रो काम गर्न दिनुपर्छ।" त्यस्तै, प्रमुख अतिथि लावान्य इन्टरनेशनलकी निर्देशक पुजा शाहले ८ वर्षसम्मका बालबालिकाको मस्तिष्क तीव्र विकास हुने हुँदा उनीहरूलाई धेरै दबाब नदिन आग्रह गर्नुभयो। "बच्चालाई खुसी बनाउने नाममा सबै कुरा पुर्याइदिँदा भोलि उनीहरूले 'ब्ल्याकमेलिङ' गर्न सक्छन्। ८ वर्षपछि उनीहरूलाई आफ्ना व्यक्तिगत काम (लुगा धुने, खाना बनाउने) आफैँ गर्न सिकाउनुपर्छ, नत्र पछि अभिभावकलाई नै कष्ट हुन सक्छ," शाहले बताउनुभयो। विद्यालय सञ्चालक समिति सदस्य तथा गोरखा मोडेल लमहीका प्राचार्य लोकमान रिजालको अध्यक्षतामा भएको सो कार्यक्रममा काठमाडौं विश्वविद्यालयबाट ४८ घण्टाको आवधिक तालिम प्राप्त गर्ने गोरखा आइडियलका प्रिन्सिपल बसन्त बहादुर पुन मगर सहित २२ जना शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रिन्सिपल पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका पुजा गुरुङले गर्नुभएको थियो।