У нас вы можете посмотреть бесплатно आगुऔषध दुर्व्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रुकुम पूर्वमा लागूऔषध दुर्व्यसनविरुद्ध सडक नाटक रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ रुकुम पूर्वको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित उक्त सडक नाटकबारे नेपाल पत्रकार महासंघ रुकुम पूर्वका सचिव निराजन सिर्पालीले जानकारी दिनुभयो। “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागूऔषध दुरुपयोगविरुद्ध ऐक्यबद्धता” भन्ने नारासहित बिन्ध्यावासिनी मन्दिर अगाडि नाटक प्रस्तुत गरिएको सचिव सिर्पालीले बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले लागूऔषधको सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे प्रकाश पार्दै यस्तो समस्याको न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष बसन्त बाठा मगरले पछिल्लो समय लागूऔषध दुर्व्यसनमा फस्ने युवाको संख्या बढ्दो रहेको औँल्याउँदै यस्ता जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको बताउनुभयो। उहाँले यस्ता खालका पदार्थबाट सचेत गराउँदै कुलतबाट टाढा राख्न विशेषगरी किशोर तथा युवा पुस्तालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। साथै, आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई सशक्त रूपमा अगाडि बढाउन सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।