У нас вы можете посмотреть бесплатно नेपालको एक मात्र शिकार आरक्ष - बाग्लुङको ढोरपाटन, मनमोहक दृश्यावलोकनको लागि पुग्नै पर्ने ठाउँ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालको एक मात्र #सिकार आरक्ष रहेको #ढोरपाटन नेपालकै प्रसिद्ध पर्यटकीय गनतव्य पनि हो । यहाँ वर्षको दुईपटक विश्वभरका पेशेवर सिकारी पुग्छन् । तर वर्षभरि नै आन्तरिक #पर्यटक घुम्नका लागि पनि जाने गर्छन् । ढोरपाटन #धार्मिक र पर्यटकीय गन्तव्य पनि हो । यहाँको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा घुम्ने र पूजा गर्ने धार्मिक पर्यटक पुग्छन् भने सुन्दर उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्ती समेत हेर्न जानेहरु छन् । बुर्तिवाङसम्म मध्यपहाडी #लोकमार्गको #यात्रा गरेपछि थप ३६ किमी कच्ची सडकबाट #ढोरपाटन पुगिन्छ । सालझन्डी ढोरपाटन सडक आयोजनाले यो खण्डमा स्तरउन्नती गर्दैन । सडक स्तरीय भएपछि पर्यटक अझै बढ्ने अनुमान छ । यहाँ जानेले आरक्ष कार्यालय पुगेर सिकारको बारेमा पनि जानकारी लिने गर्छन् । कतिपयले समूह बनाएर घुम्न निस्केका हुन्छन् । ‘आमा समूह, युवा समूह र अन्य कर्मचारीको समूह समेत यहाँ घुम्न आउने गरेका छन्’ यहाँ निर्माण गरिएको सामुदायिक लजले पर्यटकलाई सहज बसोबासको व्यवस्था गरेको छ । साथै यहाँ दुई वटा सामुदायिक होमस्टे पनि छन् । ढोरपाटन उपत्यका पर्यटन सँगै जीवनबुटी मानिने यार्चा गुम्बाका लागि पनि प्रसिद्ध छ । सबै प्रकारका चाहना राखेर आउने पर्यटकले ढोरपाटन घुम्ने गरेका छन् । कतिपयले ढोरपाटनमा पुगेर घोडाचढी गर्छन । यहाँको मुख्य पाटन, पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् । (source: Kantipur) ढोरपाटन अर्थात वन्यजन्तुको साम्राज्य, जहाँ ३२ थरीका स्तनधारी वन्यजन्तु छन् । १ सय ६४ प्रजातिका चराचुरुंगी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रयस्थल बनाइरहेको छ । ढोरपाटन शिकार आरक्ष रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भागमा फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ, घुस्तुङ गरी ७ वटा ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । त्यसो त प्राकृतिक सौन्दर्यको कोणबाट पनि ढोरपाटन कम्ता रुपवती छैन । वर्षायाममा अनन्तसम्म देखिने फाँट वनफूलले ढकमक्क हुन्छ । त्यही फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरु देख्दा कुनै चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै लाग्छ । यहाँको मौसम पनि बडो बिचित्रको छ । क्षणमै छ्याङ्ग आकास खुल्छ, क्षणमै बादलले ढम्म ढाक्छ । त्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह #मन्दिर धार्मिक हिसाबले प्रसिद्ध #तीर्थस्थल हो । जनै #पूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ । ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ #गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को #आकर्षण हो । #तिब्बती #शरणार्थीका #जनजीवन, #संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ । (source:onlinekhabar) #nowinterholidays