У нас вы можете посмотреть бесплатно TAJA BACHAN | केवल भलाई गर्नुहोस् | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 31 JAN. 2026 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शीर्षकः केवल भलाई गर्नुहोस् मितिः शनिबार – १७ माध २०८२ (३१ जनवरी २०२६) जब कसैले तपाईंलाई खराब व्यवहार गर्छ— जसरी मानिसहरूले प्रायः गर्छन्— त्यो बेला तपाईंको मनमा उनीहरूप्रति कस्तो भावना आउँछ ? रिस, तिक्तता, बदला लिने चाहना ? पक्कै पनि तपाईंलाई थाहा छ कि उनीहरूलाई क्षमा गर्नु नै उत्तम हो ... तर त्यो सजिलो हुँदैन । एलिजाबेथ एलियट एक मिशनरी, लेखिका र वक्ता थिइन्, जसले लाखौँ मानिसहरूलाई प्रेरणा दिइन् । सन् १९५६ मा, इक्वेडरमा सुसमाचार सुनाउन खोजिरहेका बेला उनका पति जिम एलियटलाई त्यहीका स्थानीय जातिका मानिसहरूले भाला हानेर मारिदिए । धेरैजसो मानिसहरू शोक वा क्रोधमा परेर त्यहाँबाट फर्किन्थे । तर एलिजाबेथ आफ्नी सानी छोरीसहित त्यही सथानीय जातिको बीचमा पुनः बस्न गइन् । उनले तिनीहरूलाई क्षमा गरिन्, प्रेम गरिन्, र उनीहरूलाई ख्रीष्ट र उहाँको महान प्रेमको बिषयमा बताइन् । अन्ततः धेरै मानिसहरू विश्वासमा आए— यहाँसम्म कि उनका पतिलाई मार्ने ती मानिसहरू समेत विश्वासमा आए । त्यो दुःखद घटनाप्रति आफ्नो प्रतिक्रियाबारे विचार गर्दै उनले भनिन्, “सबै कुरा ती हातहरूमा सुम्पिदेऊ, जुन तिम्रो निम्ति घाइते पारिएका थिए ।” अर्थात— येशूमा । यो सुन्दा मेरो सासै रोकिएजस्तो हुन्छ । र पनि, हामीलाई खराब व्यवहार गर्ने मानिसहरूप्रति परमेश्वरले हामीलाई ठीक यस्तै प्रतिक्रिया दिन बोलाउनु भएको छ । रोमी १२ः१४ — “जसले तिमीहरूलाई खराब व्यवहार गर्छन्, तिनीहरूका निम्ति भलाईको चाहना गर; परमेश्वरसँग तिनीहरूलाई आशीषको निम्ति प्रार्थना गर, श्राप नदेऊ ।” यसलाई मनन गर्नुहोस् । यहाँ परमेश्वरले हामीलाई केवल क्षमा गर्न मात्र बोलाउनु भएको छैन, तर हामीलाई चोट पु¥याउनेहरूका लागि भलाई मात्र चाहन बोलाउनु भएको छ । केवल तिनीहरूलाई श्राप दिने, दण्ड दिने, वा बदला लिने हाम्रो चाहना— (हाम्रो अधिकारजस्तै लाग्ने कुरा समेत)— त्याग्न मात्र होइन, तर परमेश्वरले तिनीहरूलाई आशीष दिन र प्रार्थना गर्न भनी बोलाउनु भएको छ । अहिले तपाईंलाई खराब व्यवहार गर्ने व्यक्ति को हुनुहुन्छ ? के तपाईं आज यहाँ परमेश्वरको शक्तिशाली वचनलाई हृदयमा लिनुहुन्छ ? के तपाईं उनीहरूका लागि भलाई मात्र आशा गर्न थाल्नुहुन्छ ? के तपाईं परमेश्वरसँग तिनीहरूलाई आशीषको निम्ति प्रार्थना गर्नुहुन्छ ? अनि के तपाईं आफैँ अघि बढेर उनीहरूलाई आशीष दिन तयार हुनुहुन्छ ? जसले तपाईंहरूलाई खराब व्यवहार गर्छन्, तिनीहरूका निम्ति भलो चाहनुहोस् । तिनीहरूलाई श्राप नदिनुहोस्, तर आशीष दिनुहोस् । परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् । यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ । अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद ! Please! Like/Follow/Subscribe/Share Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.” YouTube Channel: TAJA BACHAN HD Facebook: tajabachan Facebook Page: Taja Bachan Daily Devotional WhatsApp No: +9779804144029 Email: tajabachan@gmail.com TikTok: Taja Bachan HD Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal “Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.” Nanda Kumar Rai