У нас вы можете посмотреть бесплатно परदेशको संघर्ष , घरदेशमा सफलता । 🐐 कलाकार इन्दीराले लेखिन् बाख्रापालनबाट सफलताको कथा । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हामी देश–परदेश मिडिया नेटवर्क परिवार पूर्ण रूपमा नेपाली किसानको पक्षमा समर्पित छौँ। नेपाल एक कृषिप्रधान देश हुँदाहुँदै पनि, यहाँको राजनीतिक अस्थिरता र राज्यले कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै किसान–मैत्री बन्न सकेको छैन। कृषिका नाममा आउने धेरैजसो अनुदान वास्तविक किसानको हातसम्म नपुगी राजनीतिक पहुँच भएका केही व्यक्तिहरूको झोलामा मात्र सीमित हुने गरेको छ। यसले गर्दा खेतबारीमा पसिना बगाउने वास्तविक किसान निरन्तर मारमा परिरहेका छन्। राज्यको सहयोग बिना पनि आफ्नै मेहनत र लगनले कृषि व्यवसायलाई अपनाएका किसानले आज पनि उत्पादनको न त बजारको ग्यारेन्टी पाउँछन्, न त उचित मूल्य नै। देशको चौथो अंग मानिने पत्रकारिताले पनि कृषि क्षेत्रका गम्भीर समस्यालाई पर्याप्त स्थान दिन नसकेको अवस्थामा, हामी यो अभावलाई भरिन किसानका घर–दैलोसम्म पुग्ने अभियान सञ्चालन गरिरहेका छौँ। हामी देशभर दौडिएर किसानका वास्तविक समस्या र आवाजलाई बुलन्द रूपमा उठाउन प्रतिबद्ध छौँ। हामी आशा गर्छौँ— यस अभियानमा तपाईंहरूको साथ, सुझाव र सल्लाह अवश्य प्राप्त हुनेछ। यदि तपाईं किसान हुनुहुन्छ, पीडामा हुनुहुन्छ, र तपाईंको आवाज कसैले सुनेको छैन भने — कृपया हामीलाई सम्झनुहोस्, ‘कृषया’ तपाईंको आवाज बुलन्द गर्न तयार छ। #Desh_Paradesh_Media_Network