У нас вы можете посмотреть бесплатно सांस्कृतिक र्यालीदेखि नीति बहससम्म : सुनसरी आदिवासी महासंघको ऐतिहासिक अधिवेशन हुने или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुनसरीको ६ औँ जिल्ला अधिवेशन यही पौष ११ र १२ गते धरानमा सास्कृतिक र्याली सहित भब्य आयोजना हुने भएको छ। अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गरी नयाँ निर्वाचित समितिमार्फत भावी कार्यदिशा तय गर्ने उद्देश्य रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ। पछिल्लो समयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र–२००७ (UNDRIP) अनुमोदन गरिसकेको भए पनि प्रभावकारी कार्यान्वयनमा चासो नदेखाएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको फैसलाअनुसार तीनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी भएको विषय अधिवेशनमा मुख्य एजेन्डाका रूपमा उठाइने जनाइएको छ। यस सन्दर्भमा सुनसरी जिल्लाका आदिवासी समुदायका भाषा, धर्म, संस्कार, संस्कृति, आत्मनिर्णय र स्वशासनको अधिकार, प्राकृतिक स्रोतसाधन तथा भूमिमाथिको अधिकार, पहिचानको अधिकार र स्वतन्त्र पूर्व जानकारीसहितको सहमति (FPIC) लगायतका अधिकार संरक्षण र सम्बर्द्धनका लागि संविधान र स्थानीय सरकार सञ्चालन ऐनअनुसार आवश्यक कानुन, नियम र कार्यविधि निर्माणका लागि निरन्तर पहल गर्ने निर्णय गरिनेछ। त्यसैगरी निर्माणाधीन आदिवासी जनजाति बहुजातीय संग्रहालय तथा जिल्लाका विभिन्न स्थानमा रहेका ऐतिहासिक र सांस्कृतिक स्थलको संरक्षण, सामुदायिक भवनहरूको व्यवस्थापन र सञ्चालनलाई तीव्रता दिने विषय पनि अधिवेशनको प्राथमिकतामा रहेको छ। अधिवेशनको बन्दसत्रमा आएका सुझाव, जिज्ञासा र प्रस्तावहरूमाथि छलफल गरी चुस्त, सक्षम र पारदर्शी नेतृत्व चयन गरिने आयोजकले जानकारी दिएको छ।