У нас вы можете посмотреть бесплатно चुङथुङ कमानमा चुङथुङ बचाउ कमिटीद्वारा जमीन दखल गर्नेहरू बारे एक कार्यक्रम или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
चुङथुङ कमानमा जमीन दखल बारे पहल चुङथुङ 28 जनवरी ( दीपक राई ) आज चुङथुङ कमानमा चुङथुङ बचाउ कमिटीद्वारा जमीन दखल गर्नेहरू बारे एक कार्यक्रम गरियो । यस कार्यक्रममा समष्टि सभासद सन्दिप छेत्री, समिती कर्मध्यक्ष अरुण छेत्री, चुङथुङ ग्राम पञ्चायत प्रधान अनिता तामाङ, समिती सदस्य मन्दापरी थापा, वार्ड सदस्य विशाल दर्नाल, सुन्दर राई लगायत कमानका स्टाफ, सव स्टाफहरु उपस्थित थिए। यसदिन चुङथुङ दिलवीर टार देखि लोवर अन्तर्गत विभिन्न क्षेत्रमा परिभ्रमण गरि जमीन दखल बारे सम्झाउने बुझाउने काम गरियो भने कतिपय ठाउँहरुमा जमीन दखल गरेर बनाइएको डेरा अनि बारहरु भत्काउने कार्यहरु गरियो। सभासद छेत्रीले चुङ थुङ कमान बन्द भएको 16 महिना भएको जानकारी दिँदै एउटा राम्रो कमिटी गठन गरेर आगमी दिन सञ्चालन गर्ने जमर्को रहेको उनले बताए। यो कमिटी अत्यन्त अराजनैतिक हुने र विगत दिनमा पनि सबै संघ संस्था राजनैतिक दलका कार्यकर्ताहरुलाई लिएर कमान बारे सभा आयोजन गरिएको बताए। आज ज - जसले जमीन दखल गरेका छन् ती सबैको नामहरू लिएको जनाउँदै जिल्ला शासकसम्म पु-याउने उनले बताए । ग्राम पञ्चायत प्रधान अनिता तामाङले कमानको सुरक्षाको निम्ति सबै अघि आउनु भन्ने आह्वान अनि अपिल पहिले देखि नै गर्दै आइरहेको जनाउँदै कतिपय स्वार्थी मनोभावका व्यक्तिहरूले दखल गरेको कारण आज ठाउँ ठाउँमा परिभ्रमण गरेको उनले बताइन्।