У нас вы можете посмотреть бесплатно Ajirkot Rural Municipality Documentary II अजिरकोट गाउँपालिका वृत्तचित्र II или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गोरखा जिल्लाको सुन्दर गाउँपालिका हो अजिरकोट गाउँपालिका । समुन्द्री सतहबाट करीब ३०० मिटर देखि ८००० मिटर सम्मको उचाईमा अबस्थित यस गाँउपालिकाका प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रूपले पनि धनी छ । साविकका घ्याच्चोक, खरिबोट, हंशपुर, सिम्जुङ्ग र मुच्चोक गाउँविकास समितिहरुलाई एकिकृत गरी गठन गरीएको हो । यस गाँउपालिकाको पूर्वमा सुलिकोट गाउँपालिका पश्चिममा लम्जुङ्ग जिल्ला, उत्तर तर्फ चुमनुब्री गाउँपालिका र दक्षिणतर्फ सिरान्चोक गाउँपालिका संग सिमा जोडिएको छ । कुल १९८.०५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिकाको कार्यालय हाल वडा नं ३ भच्चेकमा संचालित छ । पछिल्लो जनगणना अनुसार कुल जनसंख्या १४ हजार ८०२ रहेको छ । गुरुङ, तामाङ,घले, शेर्पा,ब्राह्मण, क्षेत्रि, नेवार, लगायत अन्य जातजाती र समुदायको मिश्रित बसोबास रहेको यो अजिरकोट गाउँपालिका सामुदायिक एकताको नमुना गाउँपालिका पनि बनेको छ । बौद्ध र हिन्दू धर्मावलम्वीहरुको बाहुल्य रहेको यस गाउँपालिका धार्मिक(साँस्कृतिक हिसावले पनि अग्रणी देखिएको छ । गाँउपालिकाको तल्लो भुभागमा हरीयाली जंगल र उर्वर कृषी योग्य जमिन छन् भने माथिल्लो भुभागमा बाह्रै महिना हिँउले ढाक्ने मनोर हिमश्रृखलाहरु छन् । धार्मिक पर्यटन, साँस्कृतिक पर्यटन, पर्यापर्यटन तथा जैबिक पर्यटन को अथाह संभावना रहेको यस गाँउपालिकाको माथिल्लो भागमा अबस्थित परम्परागत भेडा , चौरी तथा गाई गोठहरुले स्थानिय एवं बाह्य पर्यटकहरुलाई आकर्षित गरि रहेका हुन्छन । गणेश हिमाल र हिमचुली जस्ता हिमालहरुलाई नजिक बाट अवलेकन गर्न सकिने यस गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा अवस्थीत नागीपोखरी,निम्चे पोखरी,सिरीङगीपोखरी,चण्डी कुण्ड,दुधपोखरी नारद पोखरी जस्ता रमणिय धार्मिक एवं पर्यटकिय कुण्ड तथा पोेखरीहरुले समबृद्घ गाँउ पालिका निमार्ण गर्नमा टेवा पुग्ने विश्वास लिइएको छ ।