У нас вы можете посмотреть бесплатно आर्थिक विकासका पक्षहरु // कृषि उद्योग व्यापार पर्यटन रोजगार // Major aspect of economic development или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आर्थिक विकासका प्रमुख पक्षहरु कृषि उद्योग व्यापार पर्यटन वैदेशिक रोजगार मानव संसाधन कृषि जमिनको प्रयोग एवं परिचानवाट अन्नवाली तथा नगदेवाली उत्पादन, पशुपंछि तथा मत्यपालन गर्ने क्रियाकलापको समष्टीगत रुप कृषि हो । कृषि प्रकृतिक उत्पादनसँग सम्बन्धीत छ । यो अर्थतन्त्रको मेरुदण्ड हो । नेपालको परम्परागत आर्थिक विकासको आधार कृषि हो । राष्ट्रिय अर्थतन्त्रमा न्म्ए को गणना गर्दा कृषि क्षेत्रलाई प्राथमिक क्षेत्रको रुपमा गणना गरिएकोछ । कृषी क्षेत्रको न्म्ए मा योगदान योगदान २३.९% रहेको । नेपालमा कृषिको अवस्था कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र(कृषि, वन र मत्यपालन)को योगदान २३.९% रहेको र ६०.४ प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने मूल आधार हो । पन्ध्रौं योजना (आ.व. २०७६÷७७–२०८०÷८१) मा कृषि उत्पाकत्व ३.१ मेट्रिक टन प्रति हेक्टरवाट ४ मेट्रिकटन प्रतिहेक्टर पुर्याउने लक्ष लिएको । विगत २ दशकको अवधिका कृषि क्षेत्रको उत्पादन औषत ३.२ प्रतिशतले बृद्धि भएको पाईनछ । आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान ३२.७ प्रतिशत रहेको छ । सन् २०३५ सम्ममा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष लिई वि.स. २०७४ देखि २० वर्षे कृषि विकास रणनीति कार्यान्यनमा ल्याएको छ । सँगै पुरक योजनको रुपमा प्रधानमन्त्री कृषि आधुननिकरण परियोजना कार्यान्यनमा ल्याइएको । परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यवसायिक कृषि उत्पादन केन्द्र(ब्लक), व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र बृहत्तर व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र(सुपरजोन) सञ्चालनमा रहेका छन् । परियोजनाको अन्त्य सम्ममा देशै भरि १५००० वटा पकेट, १५०० वटा ब्लक, ३०० वटा जोन, २१ वटा सुपरजोनहरु स्थापना गरिनेछ । यस परियोजनाको कुल लागत रु. १ खर्व ३० अर्व ७४ करोड २० लाख रहेको छ । उद्योग अर्थतन्त्रमा वस्तु, सेवा एवं वौद्धिक सम्पत्तिको उत्पादन, उपलब्धता र संरक्षणसँग सम्बन्धित आर्थिक कृयाकलापको समग्रता उद्योग हो । यो पुँजी, प्रविधी र जनशक्तिको परिचालनवाट कच्चा पदार्थलाई प्रसोधन गरि बस्तु तथा सेवा उत्पादन गर्ने क्षेत्र उद्योग हो । सीप र साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरु उत्पादन गर्ने कार्यलाई उद्योगको रुपमा लिईन्छ । उद्योगहरु घरेलु, कुटिर, साना, मझौला तथा ठूला हुन्छन । देशलाई आत्म निर्भर र विकसित बनाउन उद्योगले सहयोग गर्दछ । मुलुकमा हला औद्योगिक व्यवसाय ऐन २०७६ र नियमावली २०७६ कार्यान्वयनमा रहेको छ । व्यापार लाभका लागि कुनै वस्तु वा सेवा, मालसामान खरिद गरेर विक्रि गर्नेकाम व्यापार हो । वस्तु तथा सेवा खरिदविक्रि, साटफेर तथा ओसार पसार साँटफेर हस्तान्तरण गर्नु लाई व्यापारको रुपमा लिइन्छ । व्यापार आन्तरिक र वाह्य गरी दुई प्रकारले गरिन्छ । व्यापार सम्बन्धी विश्व छाना संगठन विश्व व्यापार संगठन ध्त्इ हो । यसको सदस्यता २३ अप्रिल २००४ मा लिएको हो । पर्यटन मनोरञ्जन वा घुमफिर गर्ने लगायतका विविध उद्देश्यले देश विदेशमा गरिने भ्रमण पर्यटन हो । यो नेपालको अर्थतन्त्रको विकासको लागि उच्च सम्भावना वोकेको तुलनात्मक लाभजन्य क्षेत्र पर्यटन हो । यहाँका प्राकृत्तिक, साँस्कृतिक सम्पदा र विविधताका कारणले गर्दा यस क्षेत्रको तुलनात्मक लाभ रहेको छ । पर्यटन मुख्यतय ः आन्तरिक पर्यटन र वाह्य पर्यटन गरि दुई प्रकारको हुन्छ । पर्यटनका अन्य प्रकारमा मनोरञ्जन पर्यटन, पर्वतारोहण÷सहासिक यात्रा÷पदयात्रा पर्यटन, तिर्थयात्रा तथा धार्मिक पर्यटन, कृषि पर्यटन, पर्या पर्यटन (भ्अयतयगचष्कm), शिक्षा पर्यटन, ग्रामिण पर्यटन, व्यापरिक पर्यटन, साहासिक पर्यटन, शोध पर्यटन, सिनेमा पर्यटन लगायत पर्दछन् । वैदेशिक रोजगारी विदेशमा गएर गरिने रोजगारी वैदेशिक रोजगारी हो । देशको सीमा पार गरी अन्य मुलुकहरुमा गरिने रोजगारी वैदेशिक रोजगारी हो । वैदेशिक रोजगारीवाट प्राप्त आय विप्रेषण (च्झष्तबलअभ) हो । विकासोन्मुख देशहरुवाट विकशिशत देशहरुतर्फ र गैर औद्योगिक देशहरुवाट औद्योगिक देशहरुतर्फ वैदेशिक रोजगारीको लागि श्रमशक्ति जाने गर्दछन् । नेपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमुलक लगाउन प्रोत्साहन गर्ने नीति अंगिकार गरेको छ । चालु १५ औं योजना अनुसार श्रम आप्रवासनवाट मौद्रिक विप्रषणमात्र नभई सामाजिक पुँजीको रुपमा सीप, प्रविधि र अनुभवलाई पनि आर्थिक सामाजिक विकासमा उपभोग गर्नेगरी वैदेशीक रोजगार नीति र राष्ट्रिय रोजगार नीति कार्यान्वयनमा रहेका छन् । मानव संसाधन ज्ञान, सीप र क्षमतायुक्त कुनै पनि देशको नागरिक नै त्यसदेशको जनशक्ति वा मानव संसाधन हो । जस्तोः निजामति कर्मचारी, शिक्षक , कर्मचारी आदि । पूँजी, प्रविधी, सूचना, बजार व्यवस्थापन जस्ता पक्षहरुको यथोचित उपयोग गरि लक्षित उदेश्य हासिल का लागि लक्षित उदेश्य हासिल गर्ने सक्रिय साधन नै मानव संसाधन हो । आफ्नो काम राम्रोसँग गर्ने क्षमता, दक्षता र सीप भएको, विवेकको प्रयोग गर्न सक्ने, जोखिम वहन गर्न सक्ने, चुनौतिको सामना गर्न सक्ने गतिशिल साधनको रुपमा मानव संसाधन रहन्छ । मानव संसाधन आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको छ । पछिल्लो समय मानव संसाधनलाई मानव पुँजीको रुपमा समेत लिने गरिन्छ । जसले आर्थिक विकासको नेतृत्व एवं अग्रणी भूमिका निर्वाह गर्न सक्दछ ।