Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб आमाजस्ती गुरुमा-Aama jasti Guruma | गीतकारः रामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं | बालगीत в хорошем качестве

आमाजस्ती गुरुमा-Aama jasti Guruma | गीतकारः रामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं | बालगीत 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



आमाजस्ती गुरुमा-Aama jasti Guruma | गीतकारः रामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं | बालगीत

रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। आमाजस्ती गुरुमा - Aama jasti Guruma गीतकार रामबाबु सुवेदीको नेपाली बालगीत हो गीतः आमाजस्ती गुरुमा - Aama jasti Guruma गीतकारः रामबाबु सुवेदी संगीतकारः डिल्लीप्रसाद चापागाईं एनिमेसन प्रायोजनः किरण रेग्मी गायनः मिलन नेवार एनिमेसन स्कृप्टः स्वीकृति थापा सबटाईटलः सुहानी थापा एनिमेसन निर्देशनः करुण थापा एनिमेसनः सिल्भरगेट सफ्टवेयर प्रा. लि. ------------------------------------------------------------------------------------------------------ संगीतकार डिल्लीप्रसाद चापागाईंको परिचयः ------------------------------------------------------------------------------------------------------ ------------------------------------------------------------------------------------------------------ गीतकार रामबाबु सुवेदीको परिचयः ------------------------------------------------------------------------------------------------------ रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो । हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे । कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ। साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् । उनले नेपालका सतहत्तरै जिल्लाको भ्रमण गरेका छन् । साथै उनले भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्विटजरल्याण्ड, अस्ट्रिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड आदि देशको अध्ययन भ्रमण पनि गरेका छन् । कवि रामबाबु सुवेदीका रुचिका विषय खासमा तीनोटा छन्। लेखन, भ्रमण र सेवा । सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् । ------------------------------------------------------------------------------------------------------ एनिमेसन प्रायोजक किरण रेग्मीको परिचयः ------------------------------------------------------------------------------------------------------ _________________________________________________________________ सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७८ यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ । #आमाजस्ती_गुरुमा #Aama_jasti_Guruma | गीतकारः रामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं | बालगीत

Comments