У нас вы можете посмотреть бесплатно छैंयालीस बर्षपछि रोधी घरमा घाँटुनाच, गुरु बा लाई सम्झिदै धुरुधुरु रोए घाँटु देविदेबता, सबै भए भाबुक или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
कास्की जिल्लाको साविक नामार्जुङ गाउँ बिकास समिति अन्तर्गत पर्ने तों नी नास अर्थात (रमाई राख्ने गाउँ ) रमणीय ताङतिङ गाउँको रिमैं मुईमैं ,,,आज भन्द झन्डै पैंतालीस छैंयालीस बर्ष अगाडि ताङतिङ कोन्मैं ट्होर्बै रिमैं मुईमैं नोकुर लबै थुमै जति फेरि एकपटक आफ्नो रोधीं घरमा भेट्ने सु-अवसर जुरेको छ। लामो समयदेखिको चाँजोपाँजो छलफल र संवादले साथीसंङगी यतिबेला जहाँजहाँ जुनजुन अवस्थामा भएत पनि रोधी घरमा भेटेर त्यो बेलाको सम्झनाहरुलाई पुनः एकपटक पुनर्जीवित गरेको छ। २०३५-३६ साल तिर जगाएको घाँटुनीहरुलाई पुनः छैंयालीस बर्ष पछि फेरि यो बुढौंली उमेरमा लगातार नवौ नवौ घण्टा सबैलाई चकित पार्ने गरि नाचेका थिए । आफ्नो गुरु "बा" लाई सम्झिदै धुरु धुरु रुदै रुदै घाँटुनीहरुले सबैलाई भाबुक बनाएका थिए।.....[शृङ्खला बाँकि ...] तोनीसरा "देउता तुँ" अर्थात देबताको बासस्थान मा ताङतिङ गाउँलेले बर्षमा एकपटक पुजा गर्ने चलन छ। पुजापाठ वा तोनीसरा वरपर खेतीपाती काम मेलापात गर्दा आइपर्ने समस्याहरुको मध्यनजर गर्दै २०४२ सालमा कोन्मैं ट्होर्बै रिमैं थुमैं दिदि धनमायाको टोलीले धर्मशाला निर्माण गर्नुभएको थियो। आज ४० बर्ष पछि त्यो धर्मशाला जीर्ण र अवशेष मात्रै बाँकि भैसकेको थियो । तर आज वहाँहरु टोली फेरि एकजुट भएर यो ताङतिङको सामान्य धर्मशाला मात्रा नभएर सबै गाउँलेले पुज्ने आस्थाको केन्द्र देबताको बासस्थान देउता तुँ लाई संम्रश्रण र पुनर्निर्माण गर्नुपर्छ भनेर लागिपरेका थिए । र सबैको सहयोगमा निर्माणकार्य पूरा भैं धर्मशालालाई ८४ बर्षिया रोंस्यों आमा श्रीमती कुमारी गुरुङको हातबाट उदघाट्न समेत गरिएको छ। यसको मर्मतसम्भार अझै बाँकि नै रहे पनि शुभ दिन पारेर सबै नोकोरे रिमैं मुईमैं को उपस्थितिमा यो कार्यक्रम सम्पन्न गरिएको छ । देउता तुँ लाई आगामी दिनहरूमा अझै बिस्तृत रूपमा दिगो संम्रश्रणको लागि योजनाहरु बनाईने यो टोलीको ध्येय रहेको छ। Padam Gurung