У нас вы можете посмотреть бесплатно आसरा सुधार केन्द्र धनगढी-१४ फुलवारी, कैलाली или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो समाजमा लागू पदार्थको दुव्र्यसनले गम्भीर असर पारेको छ । यसले विशेष गरी युवा पुस्तालाई समेटेर हाम्रो भविष्यलाई खतरा पुर्याइरहेको छ । युवाहरूको जीवन र भविष्यमा यसले अपूरणीय नोक्सान पुर्याइरहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ । समाजमा दुव्र्यसनको समस्या दिनप्रतिदिन गहिरिँदै गएको छ । यसलाई समाधान गर्न कानूनी कदम मात्र पर्याप्त हुदैन । यस कारण नेपाल प्रहरीले समाजमैत्री प्रहरीको अवधारणा अपनाउँदै, ‘आसरा सुधार केन्द्र’को स्थापना गरेको हो । यो केन्द्रमा केवल दुव्र्यसनमा परेकाहरूलाई सुधारका लागि उचित अवसर प्रदान गर्छ । यस केन्द्रमा रहेका व्यक्तिहरूलाई मनोवैज्ञानिक परामर्श, योग, ध्यान, खेलकुद, र समूह परामर्शजस्ता विविध गतिविधिहरूको माध्यमबाट लागू पदार्थलाई त्याग्न र मानसिक र शारीरिक रूपमा बलियो बन्ने अवसर दिइन्छ । यसले तिनीहरूको आत्मबल बढाउँछ र जीवनलाई नयाँ दिशा दिन मद्दत गर्दछ । तर, यो अभियान केवल प्रहरीको प्रयासले मात्र सफल हुँदैन । यसमा परिवार र समाजको भूमिका अत्यन्त महत्वपूर्ण छ । यदि हामीले यो समस्या समाधान गर्न चाहन्छौं भने सबैको सामूहिक प्रयास र सहयोग अपरिहार्य छ । त्यसैले, म सबैलाई आग्रह गर्दछु कि यदि तपाईंको वरिपरि कोही लागू पदार्थको दुव्र्यसनको चपेटामा परेका छन् भने, नेपाल प्रहरीसँग सम्पर्क गर्नुहोस् । हाम्रो लक्ष्य भनेको दुव्र्यसनमा फसेका व्यक्तिहरूको जीवनलाई सुधारेर तिनीहरूको भविष्य उज्जवल बनाउनु हो । नेपाल प्रहरी केवल कानूनी कार्यान्वयन गर्ने संस्था मात्र होइन, समाज सुधारका अभियानमा प्रत्यक्ष रूपमा संलग्न छ । हामी सबैको एकजुट प्रयासले मात्र लागू पदार्थमुक्त भविष्य निर्माण गर्न सकिन्छ । हामी सबैको जिम्मेवारी हो, यो अभियानलाई सफल बनाउन र हाम्रो समाजलाई सुरक्षित, स्वस्थ र समृद्ध बनाउन ।”