У нас вы можете посмотреть бесплатно TAJA BACHAN | तपाईंको जीवनको ज्योति | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 03 MAR. 2026 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शीर्षकः तपाईंको जीवनको ज्योति मितिः मंगलबार – १९ फाल्गुन २०८२ (०३ मार्च २०२६) जब तपाईं सोच्नुहुन्छ, ज्योति र अन्धकारले नै हाम्रो जीवनको चक्र निर्धारण गर्छ । दिन र रात; जागा हुने र निद्रा, एउटा यस्तो चक्र, जो औसत जीवनकालमा करिब २७,००० पटक निरन्तर दोहोरिन्छ । साँचो कुरा के हो भने, हामी सबै जीवनका अन्धकारपूर्ण समयहरूबाट गुज्रन्छौं । कहिलेकाहीँ भविष्यको आशा निभेको जस्तो लाग्छ । कहिलेकाहीँ अन्धकारले ज्योतिलाई पराजित ग¥यो जस्तो देखिन्छ । आज, यदि तपाईं बाहिर जानुभएको छैन भने, चिनियाँ लालटिन उत्सव मनाइन्छ । यो प्रकाश, आनन्द र पारिवारिक भेटघाटको रात हो । विगतलाई छोड्ने र भविष्यको आशालाई स्वागत गर्ने प्रतीकस्वरूप मानिसहरूले लालटिन झुण्ड्याउँछन् वा आकाशमा उडाउँछन् । प्रायः लालटिनमा लेखिएका रहस्यपूर्ण अड्को वा प्रश्नहरू समाधान गरेर यो उत्सव समापन गरिन्छ । भविष्यप्रतिको आशालाई बलियो बनाउने उद्देश्यले स्थापना गरेका धेरै संस्कृतिमा यस्ता उत्सवहरू हुन्छन् । अनि आशाको प्रतीकका रूपमा “ज्योति” प्रयोग गरिन्छ, यो कुनै आश्चर्यको कुरा भने होइन । तर कुरा यो हो, जीवन आफैँ एउटा अड्को वा रहस्य हो । हामीलाई अगाडि के छ भन्ने थाहा छैन । उज्यालो कि अन्धकार छ ? चाहे संसारको दुष्टता होस्, चाहे पीडा र कष्ट होस्, एक्लोपन होस् वा अन्य कुनै कुरा, जब अन्धकारले तपाईंको जीवन ढाक्छ, तब तपाईंको ज्योति कहाँबाट आउँछ ? ब्रह्माण्डको सृष्टिबारे आफ्नो संक्षिप्त विवरणमा प्रेरित यूहन्नाले येशूलाई केवल सृष्टिकर्ता मात्र नभई, त्योभन्दा धेरै, अत्यन्त धेरै, भएको रूपमा प्रस्तुत गर्छन् । यूहन्ना १ः५“ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकारले त्यसलाई जित्न सकेको छैन ।” येशू केवल हाम्रो जीवनमा ज्योति मात्र दिनुहुन्न; उहाँ स्वयम संसारको ज्योति हुनुहुन्छ । अनि जे–जस्तो अन्धकारले तपाईंलाई ढाक्न खोजे पनि, यो सत्यको ज्योतिलाई जान्नुहोस् ः ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकारले त्यसलाई जित्न सकेको छैन । परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् । यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ । अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद ! Please! Like/Follow/Subscribe/Share Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.” YouTube Channel: TAJA BACHAN HD TikTok: TAJA BACHAN HD Facebook Page: Taja Bachan Daily Devotional WhatsApp No: +9779804144029 Email: tajabachan@gmail.com Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal “Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.” Nanda Kumar Rai