У нас вы можете посмотреть бесплатно Hamro Sarokar With Ashim Rai नामांकनको विवाद अनावश्यक или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Bhanubhakta Niraula With Ashim Rai Station - Himal FM 90.2 MHz www.himalfm.org सोलुखुम्बुको दुधकौशीका गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिकाको नाम परिर्वतनका सवालमा शुरु गरिएको विवाद अनावश्यक भएको जिकिर गर्नुभएको छ । हिमाल एफ एमको कार्यक्रम हाम्रो सरोकारमा बोल्दै अध्यक्ष राईले किरातहरुको भाषिक समुदाय थुलुङको उद्गम स्थल भएकाले थुलुङ दुधकोशी नामांकनका लागि सिफारिस गर्दा गैर थुलुङले विरोध जनाउनुपर्ने कुनैपनि कारण नभएको प्रष्ट पार्नुभएको हो । उहाँले राज्य पुर्नसंरचनाको समयमा प्राविधिक समितिले थुलुङ दुधकौशीका नाम नै प्रस्ताव गरेको तर पुर्नसंरचना आयोगले गरेको गल्तीलाई सच्याउने काम मात्र गरेको बताउनुभयो । गाउँपालिकाको नाम परिर्वतन गर्दैमा गैर थुलुङ समुदायलाई अधिकार प्राप्तीमा कुनै किसिमको विभेद नगर्ने अध्यक्ष राईले बताउनुभयो । राईले संवैधानिक अधिकार प्रयोग गरि पहिलो गाउँसभाले नाम परिर्वतनको निर्णय गरेको बताउनुभएको हो । उहाँले विवाद र आलोचना स्वभाविक भएपनि निर्णय कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाको विकास र सम्बृद्धिका लागि पहिलो प्राथमिकतामा सडकलाई राखेको गाउँपालिकाले स्वास्थ्य, कृषि, शिक्षाका क्षेत्रको विकासमा पनि महत्व दिएको छ । शैक्षिक सुधारका लागि नमूना विद्यालयको अवधारणालाई आत्मसाथ गर्दै अग्रेजी माध्यमको शिक्षा लागु गर्ने निति लिईएको छ । वेरोजगार यूवाहरुको हकमा रोजगार वैक स्थापना गरि दक्ष र अदक्ष जनशक्तिको वर्गिकरण गर्ने र आवश्यकता अनुसार गाउँपालिका भित्रकै युवाहरुलाई उपयोग गर्ने निति समेत लिईएको अध्यक्ष राईले बताउनुभयो ।