У нас вы можете посмотреть бесплатно Paleti - Chhanda Retrospective with Bhushita Vasistha 'Episode 2' или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
In this edition of Paleti, an enthusiastic scholar of literature - Bhushita Vasistha has presented a collection of Chhandas. Chhandas from Aadikavi Bhanubhakta, Kavishiromani Lekhnath Poudel, Mahakavi Laxmi Prashad Devkota, Rashtrakavi Madhav Prashad Ghimire and other poets were recited in an event where Aavas, a scholar of music, coordinated and directed the music. 1. Dagbatti (01:00) Panchachaamar Chhanda Written by Bhimnidhi Tiwari Recited by Bhushita Vasistha Music Directed by Aavaas 2. Kamyo Lug Lug Tyo (11:30) Shardulvikridit Chhanda Written by Bhimnidhi Tiwari Recited by Bhushita Vasistha Music Directed by Aavaas 3. Pravasi Putra Ko Marmik Chitthi (21:53) Shardulvikridit Chhanda Written by Lekhnath Paudyal Recited by Bhushita Vasistha Music Directed by Aavaas 4. Menka Gaman (31:13) Shakuntal Mahakavya Totak Chhanda Written by Laxmi Prasad Devkota Recited by Bhushita Vasistha Music Directed by Aavaas ------------------------------------------ १. दागबत्ती (01:00) म सात वर्षको थिएँ, अबोध बालकै थिएँ, कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ, मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ यता लगे, उता लगे, कता कता कता लगे, जता तता छ अन्धकार, अन्धकारमा लगे, रुवाउँदै, फकाउदै, फुल्याउँदै लगे लगे खुरुक्क आर्यघाटको महामसानमा लगे ! चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो, उ माथि एक लम्ब लाश लम्पसारमा थियो, नसाहरु लुला भए, समस्त चेतना सुते, सुषुप्त पूर्वजन्मका अनेक वेदना उठे पहाडबाट रत्न झैं गर्भबाट निस्किएँ, पिएर दूध तीन चार वर्षसम्म हुर्किएँ, उही शरीरलाइ हाथ ! मै जलाउने भएँ ? म खुम्चिएँ ! म आत्तिए ! म झस्किएँ ! म तर्सिएँ ! सबै जना बडा थिए, म सूक्ष्म कीट झैं थिएँ न बोल्न सक्दथें त्यहाँ न जोड चल्दथ्यो त्यहाँ बनाइ नग्न, मुण्ड औ दिए प्रदीप हातमा त्यही लिएर घाटमा चिता वरीपरी घुमें बतास सिर्सिराउँथ्यो, म चाहिं लुग्लुगाउँथें, त्यहीं नजीक बाग्मती बहेर कुल्कुलाउँथिन्, मसान-घाटमा यताउती जती जना थिए कुनै त सुँक्क गर्दथ्य, कुनै त घुँक्क गर्दथ्य, प्रवाह रक्तको उही र मांस, धर्म जो उही आवाज, रुप यी उही र भावना सबै उही म को थिएँ ! कहाँ थिएँ ! कठै !! अचेत झैं भए तथापि दागदीप त्यो स्वयं दिनै पर्यो दिएँ २. काम्यो लुगलुग त्याे (11:30) मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो, छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो, जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो, काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को टोपी सिर्फ छ नाम मात्र शिरमा, जम्मै टुपी निस्कने भोटो जीर्ण धुजाधुजा छ उसको, छाती पिठ्यूँ देखिने, धोती केवल चार अङ्गुल धरो, नङ्गा छ र्सवाङ्गमा, काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को आँखीभौँ छ तुषारका पतनले सेता भएका दुबै, खुट्टाका औंलाहरु, नङहरु नीला भएका सबै, पैताला छ छियाछिया हरुघडी हा !! रक्त टप्काउँदै काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को कैले बस्तछ छेउमा सडकको खुम्च्याइ छाती, अनि कैले हेर्दछ पूवतर्फ नभमा लाली चढ्यो की भनी, काखीभित्र घुसारी हा ! कर दुबै छोपेर ‘स्यूः स्यूः’ गरी काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को ठण्डा उग्र हिमालको बरफ झैँ च्चः ! बाहिरी अङ्ग छन्, आगो बल्दछ पेटभित्र तर जो निभ्दैन सल्कन्छ झन्; निस्कन्छन् मुखबाट धूम कुहिरो झैँ, दाँत कट्काउँदै काम्यो लुगलुग त्याे गरीब बिचरा त्यस्मा दया गर्छ को ३. प्रवासी पुत्रको मार्मिक चिठी (21:53) थुङ्गाबाट छुटी अचानक कुनै चर्को हुरीमा परी सानू लाल गुलाफका कुसुमको पत्ती उडे झैं गरी । हुच्चीमा अरुको फँसी बहकिँदै आए ज्यादा पर भोग्दैछू परदेशमा म जननी ! तड्पेर लाखौं पिर । हुर्दुङ्ग्पनमा परेर अघि नै खल्ती सबै रित्तियो आँशूका भरमा कठै !! जठरको ज्वाला ननिभ्ने भयो । थाकें योग्य अनेक कामहरुको खोजी तलासी गरी लाचारी–वश आखिरी शरण भो निर्लज्ज कुल्लीगिरि । यै कुल्लीगिरिमा पनी हरघडी बाधा अनेकौं थरी मैजजस्ता हतभाग्य अन्धहरूका धक्का र धुक्की परी । यस्तो दुर्गतिमा परेर जननी ! शुक्ता पनी जीवन तिम्रै पाद–सरोजका‚ स्मरणले थामीरहेछू मन । कुल्ली–काम गरी अटूट पसिना मैले बगाएँ जति दन्केको जठराग्निमा बनि–शके सम्पूर्ण ती आहुति । आँशूमा पनि खास आहुति हुने त्यस्तै भए तागत फर्कन्थें उहिल्यै म रेलपथको गर्दै ठुलो ‚स्वागत । सुन्दैछू समचार यो म जननी ! ‘सर्वत्र नेपालमा माहेन्द्री मधुर प्रभा दिनदिनै बढ्दै छ रे हालमा’ । पाए खर्च तुरून्त राजपथमा आएर जुट्ने थिएँ सच्चा राष्ट्रिय भावको जुनिभरी आनन्द लुट्ने थिएँ । ४. मेनका गमन (31:13) ---------------------------- Musicians Percussion - Sundar Kumar Maharjan Bansuri - Balaram Samal Guitar - Suraj Pradhan Keyboard - Dinesh Regmi Camera Satya Shrestha Rajendra Shrestha Kabindra Manadhar Video Editing Padam Bajracharya Live Recording and Lighting Sudeep Bista Audio Mixing and Mastering Niraj Gurung Co-ordinator Aavaas Ticketing Partner https://thuprai.com © nepa~laya, 2019 ------------------------------------------------- Follow Paleti Nepalaya: Facebook: / paletiofficial Twitter: / paletiofficial Instagram: / paletiofficial Website: https://paleti.com.np/ Subscribe to our channel for new episodes - https://www.youtube.com/paleti?sub_co... #Paleti