У нас вы можете посмотреть бесплатно अग्लो डाँडाबाट सूर्य हेरी मुसुक्क मुस्कुरायो, प्रकृतिको सुन्दरतामा धर्ती उज्यालीयोखुसी, उमङ्ग लिएर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
अग्लो डाँडाबाट सूर्य हेरी मुसुक्क मुस्कुरायो, प्रकृतिको सुन्दरतामा धर्ती उज्यालीयो खुसी, उमङ्ग लिएर मनमा, दिन यो नयाँ आयो। समथर मैदान, अग्ला पहाडले बनेको भूमि आफ्नै नेपाल विश्वकै अग्लो, सगरमाथाले सजिएको प्यारो देश नेपाल! प्रकृतिले सजिएको, प्यारो देश नेपाल! लम्क-लम्क नेपालीहरु अब बेला आयो, चम्क-चम्क नेपालीहरु अब बेला आयो हातमा हात मिलाउँदै, बनाउँछौ देशलाई समृद्धशाली! सगरमाथा देशको पहिचान बनाउँछौ, गरिमा अझै उचाल्छौ! नेपाललाई विश्वमा चम्काउँदै, गीत गाउँछौ देशकै संसारलाई चिनाउँदै! पूर्व र पश्चिम उत्तर र दक्षिण, फैलिएको यो विशाल प्रकृतिको वरदानले सजिएको, सुन्दर शान्त नेपाल। नीलो आकाशमा चराचुरुङ्गी, खुसीले गाउँछन् बादलसँग लुकामारी खेल्दै, धर्तीलाई हेर्छन्। गौतम बुद्धको जन्म भूमि, गरिन्छ योगीको सम्मान भृकुटीले नेपाली कला पहिचान, संस्कृतिले बढायो नेपालको मान। पृथ्वीनारायणको दृढ संकल्प, चार जात छत्तिस वर्णको नेपाल बनेको फूलबारी। यही माटोमा पसिना बगाई, बनाउँछौँ देश महान। युवाको तातो पसिनाले, भाग्य लेख्छन् आफ्नै हातले। शिक्षाको ज्योति बाली, युग नै परिवर्तन गर्दै नयाँ बाटो खन्दै हामी अगाडि बढ्ने छौँ। स्वाभिमानको ज्योति बाली, विकासको मार्ग खन्दै पसिना बगाई माटोमा हामी, सुनको लहलह बाला फलाउँछौँ। सगरमाथाको शिरलाई, उचाल्छौ! लम्क-लम्क नेपालीहरु अब बेला आयो, चम्क-चम्क नेपालीहरु अब बेला आयो हातमा हात मिलाउँदै, बनाउँछौ देशलाई समृद्धशाली! विश्वमा चम्काउँदै महिमा गाउँछौ देशकै, नेपाललाई चिनाउँदै विश्वमा! हो... संसारलाई चिनाउँदै! खुसी, उमङ्ग लिएर मनमा, दिन यो नयाँ आयो। शब्द – सुनिल कुमार कोइराला