У нас вы можете посмотреть бесплатно नाचन/नचरी भोज-२०८१🔥,बाह्रसिङ्गे राजाले हँसाएर मूर्छै पारे|Nachan/maruni nach Nawalpur|Khem Thapa EP1 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#nachan #nachari #maruni #sorathi #magarculture #hupsekot_nawalpur #khemthapamagar मौलिक भाका संरक्षण अभियान अन्तर्गत "झरनाखोला सांस्कृतिक समूह" र "श्री प्रगती बाबा समूह हुप्सेकोट" को संयुक्त पहलमा २०८१ मंसिर २९ गते नवलपुरको झाँटे(झाँट्या)मा एक भब्य नाचन/नचरी भोज कार्यक्रम सम्पन्न भयो! मगर समुदायमा प्रचलित तर लोपोन्मुख उक्त मौलिक नाच "नाचन" लाई मगर समुदायकै सबै भन्दा ठूलो नाच भनेर चिन्ने/मान्ने गरिन्छ, विशेषता देवी देवताहरू, सृष्टि उत्पति देखि लिएर मौलिक भेषभुषा कला संस्कार झल्काउने यो नाच अत्यन्तै महत्वपूर्ण रहेको छ। नेपाल एक बहु भाषिक, बहु सांस्कृतिक र बहु जातीय मुलुक भनेर चिनिन्छ र यहाँ आदिम कालदेखि बसोबास गर्दै आईरहेको मुख्य जातिहरू मध्य मगर जाति अग्र पङ्तीमा आउने गर्दछ! आफ्नो छुट्टै भाषा, भेषभुषा कला संस्कार संस्कृतिले सुसज्जित मगर समुदायमा चाडवाड तथा अन्य शुभ कार्यमा नचाइने ठूलो नाच हिजोआज बिरलै सुन्न/हेर्न सकिन्छ। लोपोन्मुख अवस्थामा रहेको यो नाचलाई संरक्षण गरी सम्बर्दन तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने पवित्र उद्देश्य बोकेर नवलपुरको सुन्दर गाँउ हुप्सेकोट-४ झाँटे मा आयोजना गरिएको यो नाच अत्यन्तै भब्य रुपमा समापन भएको थियो। मौलिक भाका संरक्षण अभियान्ता एबम् एक जुझारु सामाजिक व्यक्तित्व सागर गाहा मगर र झरनाखोलाबासी दाजुभाईहरुको विशेष पहलमा यो नाच झरनाखोला बाट झाँटेमा गई प्रस्तुत गरिएको थियो। मौलिक "कौराह नाच भोज" भन्दा विशेष रहने यो ठूलो नाचको भोजमा भोजको आयोजना गर्ने समूह वा टिमले नै सम्पुर्ण खर्च व्यहोर्ने साथै गाउँले सबै मिलेर गच्छे अनुसारको दान दक्षिणा समेत दिएर नाचन टोलीलाई बिधाई गर्ने छ्याप रहेको छ। संयोगले म पनि यस भोजमा सवार भई हाम्रो आफ्नो मौलिक संस्कारलाई समिपबाट नियाल्ने सुअवसर पाएँ त्यसको लागि सागर गाहा मगर ज्यू लगायत समस्त हुप्सेकोट झरनाखोला/झाँटे बासी दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस देसली नाचन/नचरी भोजको सुरु देखि अन्त्य सम्मको सम्पुर्ण दृश्य क्यामेरामा कैद गरेको छु जसलाई यस पछि अन्य धेरै भागहरू लिएर आउने छु, प्रस्तुत छ यसै अन्तर्गतको एकदमै रमाईलो नाचन नाच भाग -१, साथै कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भए कृपया कमेन्ट् मार्फत ब्यक्त गर्नुहोला।🙏 #भाग_१ बिझबर्या/राजा : सागर गाहा मगर मारुनी/रानी: चन्द्र सिं बयम्बु मगर बोम राना मगर मिगुरहरु/नाचन मुली: झन बहादुर कानुङ मगर(गाउँने) होम बहादुर सारु मगर (गाउँने) गम बहादुर राई मगर (मादल) अन्य मादलेहरु: मान बहादुर राई मगर लाल बहादुर झेँडी मगर कसीराम गाहा मगर भीम बहादुर झेँडी मगर तथा समस्त झरनाखोला सांस्कृतिक समूह, हुप्सेकोट -४ नवलपुर