У нас вы можете посмотреть бесплатно उज्यालो पार्टी जातीय भन्नेलाई अधिवक्ता मञ्जुको कडा प्रतिक्रिया||योगेन्द्र लामाले जित्ने निश्चित или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
उज्यालो पार्टी जातीय भन्नेलाई अधिवक्ता मञ्जुको कडा प्रतिक्रिया||योगेन्द्र लामाले जित्ने निश्चित MediaPlus Nepal 2026 उज्यालो नेपाल पार्टी चौंरीदेउरालीको चुनाबी कार्यक्रम सम्पन्न उज्यालो नेपाल पार्टी चौंरीदेउरालीको आयोजनामा एक विशेष कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित बोस क्याफेमा उज्यालो नेपाल पार्टी चौंरीदेउरालीका संयोजक बसमान घिसिङको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार जितराम लामा रहनुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा काभ्रे क्षेत्र नं. १ उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेन्द्र लामाको बिशेष उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा पार्टीका जिल्ला संयोजक क्षितिज लामा लगायत विभिन्न नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जितराम लामाले उज्यालो नेपाल पार्टीले देशमा सकारात्मक परिवर्तन, सुशासन र जनमुखी राजनीतिलाई प्राथमिकतामा राख्दै उज्यालो बाटोमा अघि बढिरहेको बताउनुभयो। उहाँले जनताको भरोसा र सक्रिय सहभागिताले मात्र राजनीतिक परिवर्तन सम्भव हुने र यसको लागि योगेन्द्र लामाले जित्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अतिथि योगेन्द्र लामाले पार्टीको संगठन विस्तार, युवा सहभागिता र स्थानीय स्तरको विकास र फागुन २१ गते हुने आम निर्वाचमा कसरी जित निकालिने यसको लागि के कस्तो तयारी गर्नुपर्ने त्यो आ-आफ्नो तर्फबाट नचुक्नेगरि अघि बढ्नुपर्छ भन्ने विषयमा जोड दिनुभएको थियो। कार्यक्रमको सञ्चालन उज्यालो नेपाल पार्टीका काभ्रे जिल्ला सदस्य सुनिता दोङले गर्नुभएको थियो। कार्यक्रमले पार्टीका नीति, विचार र भावी रणनीतिबारे छलफल गर्दै एकता र उत्साहका साथ सम्पन्न भएको आयोजकले जनाएका छन्।