У нас вы можете посмотреть бесплатно क्यानडा मा 'त ल्होसार' २०८२ को रौनक | Tamu Dhee Canada | जनवरी ०३ , २०२६ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
के हो तमू ल्होसार ? तमू ल्होसार लाई ‘तोल ल्होसार’ पनि भनिन्छ । विभिन्न १२ वटा जनावरहरुको प्रतिकात्मक रूपमा रहेको ल्हो-कोर (वर्ग चक्र) लाई महत्वपूर्ण चक्र मानिन्छ । हरेक वर्ष एउटा ‘ल्हो’(वर्ग) घुमेर आउँछ, जस्लाई ‘ल्हो’ तोब अर्थात वर्ग परिवर्तन भनेर चिनिन्छ । यसरी हेर्दा प्रत्येक ‘ल्हो’ को पालो हरेक १२ वर्ष मा मात्र आउने गर्छ र यो चक्र चलिरहन्छ । यसरी वर्ग फेरीने पवित्र दिन लाई ल्होसार (नयाँ वर्ष) को रुपमा गुरुङ समुदायले भव्य रुपले मनाउने गर्दछन् । ल्होसार पर्व, ‘ल्हो’ आउने हरुको लागि अझ विशेष हुन्छ , किनकी ‘ल्हो’ सँगै शुभ-अशुभ पनि आउन सक्छ भन्ने मान्यता छ । यसर्थ, ‘ल्हो’ आएका तमू /तमूस्यो हरुलाई तमू खेगी वा अग्रजहरु द्वारा ‘प्हेरु’ (विशेष विधि पुर्याएर काँचो धागो बाट बनाएको माला) लगाई दिएर स्याई-स्याई गर्दै आशीर्वाद दिने गरिन्छ । तमू हरुको आफ्नै मौलिक ल्हो-कोर हुन्छ । ल्हो-कोर कै आधारमा १२ वटा क्हुन्दा (महिना) र हरेक दिनको ‘ल्हो’ वर्ग निर्धारण गरी तमू पात्रो तयार पारिएको हुन्छ । ल्होसार पर्व ‘तो’ क्हुन्दा को १ गते शुरू हुने भएको ले तमू ल्होसार लाई ‘तोल ल्होसार’ भनिएको हो । नेपाली पात्रो अनुसार पुस महिना को १५ गते, ‘तो’ क्हुन्दा को १ गते पर्ने हुनाले, उहिले उहिले र कतै कतै अहिले पनि विशेष गरी गाउँघरतिर, तमू ल्होसार पर्व लाई ‘पुस १५’ वा ‘ल्हो तोब’ चाड भनेर पनि भनिन्छ । तमू समुदाय मा ‘ल्हो’ बाट नै हरेक शुभ/अशुभ कार्यको साइत तथा दिन हेर्ने/हेराउने काम हुन्छ । ‘ल्हो-कोर’ कै आधारमा प्रत्येक तमू को आ-आफ्नै ‘ल्हो’ हुन्छ । हरेक तमू /तमूस्यो को लागि ‘ल्हो’, उस्को पहिचान हो भने ल्होसार तमू (गुरुङ) समुदाय को मौलिक पहिचान बोकेको गर्विलो चाड हो । तमू समुदाय मा ल्होसार पर्व को साँस्कृतिक र धार्मिक महत्व व्यापक छ । ल्होसार मनाउने भन्नले नाच्ने गाउने मात्रै हैन, यसको धार्मिक र साँस्कृतिक महत्व बेग्लै छ, हामी सबैले यसलाई बुझ्न र युवा पुस्तालाई बुझाउन अति जरूरी छ । यही जनवरी ०३, २०२६ शनिवार का दिन , तमू धि क्यानडा को आयोजना मा ‘त ल्हो’ (घोडा वर्ग) को स्वागत गर्दै क्यानडा GTA का तमू समुदाय ले भव्यताका ‘त’ ल्होसार मनाएको छ ।